Connect with us
Kapilvast Forest

दलित मुक्ति संगठनद्धारा हरिजन परिवारलाई आर्थिक सहयोग

२०७७, २२ फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तु- नेपाल दलित मुक्ति संगठन शिवराज नगर कमिटिले शोक सभा सम्पन्न गरेको छ । शिवराज नगरपालिका वडा नं ४ निवासि शिवकुमार हरिजनको यहि फागुन ९ गते ३२ वर्षको उमेरमा भएकोे निधन प्रति आज १३ औँ दिनको पुन्य तिथिको अवसर पारेर शिवराज ४ बर्गदवा हरिजन निवासमा शोक सभा सम्पन्न गरेको हो । शोक सभा मार्फत नेपाल दलित मुक्ति संगठन शिवराज नगर कमिटिले स्व हरीजनको परीवारलाई नगद रु २१,१२१ सहयोग हस्तान्तरण गरेको छ ।

शोक सभामा नेपाल कम्युनिष्ट पार्टी नेकपा लुम्बिनि प्रदेश कमिटि सदस्य तथा दलित मुक्ति संगठन केन्द्रीय सदस्य सि बि गहतराजले मृत आत्मको चिर शान्तीको कामना गर्दै शोक सन्तप्द परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्नुभएको थियो ।
स्व हरिजनका १ श्रीमति र दुई ५ र ३ बर्षका छोरा रहेका छन । स्व हरिजनको यहि फागुन ९ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो ।

शोक सभामा राष्ट्रिय दलित आयोग पुर्व सदस्य वेगम विश्वकर्मा,शिवराज नगर कार्यपालिका सदस्य टिका विक, दलित मुक्ति संगठन शिवराज नगर कमिटि अध्यक्ष केशर विक, नेपाल दलित मुक्ति संगठन शिवराज नगर कमिटि सदस्य प्रेम सुनार लगायतको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu