Connect with us
Kapilvast Forest

प्रचण्डले दिए ओलीलाई ‘कुहिएको अण्डा’को संज्ञा

२०७७, २२ फाल्गुन शनिबारमा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै “कुहिएको अण्डा”को संज्ञा दिएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्टहरू बिग्रिए पछि कामै नलाग्ने गरि कुहिएर जाने बताए । कम्युनिष्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भएको भएतापनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधै चलिरहने स्पष्ट पारे । उनले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष पनि भएको बताए ।

माओले बिग्रिएका कम्युनिष्टलाई ‘कुहिएको अण्डाको संज्ञा दिएको दृष्टान्त दिँदै अध्यक्ष दाहालले प्रधानमन्त्री ओली पनि ‘कुहिएको अण्डा” भएको जिकिर गरे ।
उनले भने, “एकपटक माओसेतुङले बिग्रेका कम्युनिष्टका बारेमा भन्दा भन्नुभएको थियो । अण्डा स्वास्थ्यको लागि राम्रो कुरा हो । तर अण्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुदैन । कम्युनिष्टहरू राम्रा हुन्छन् तर गन्हाउन थाले बिग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो कोहीपनि हुदैन । केपी ओली त्यही कुहिएको अण्डा हो । कुहिएको गन्हाएको अण्डालाई खादैन नि । त्यसलाई गाडिन्छ या जलाइन्छ । तपार्इं हामी चाही स्वस्थ्यवद्र्धक जीवनशिल तत्व हो ।”
प्रतिनिधिसभा विघटन भएको दिन आफुले प्रतिक्रान्तिको षड्यन्त्र विरुद्ध जनयुद्ध सुरु भएको भनेको स्मरण गर्दै उनले सर्वोच्चको फैसलासँगै सबै विजयी भएको बताए ।
उनले भने, “मैले प्रतिक्रान्तिको षडयन्त्रको विरुद्ध शान्तिपुर्ण रुपले नयाँ जनयुद्ध सुरु भयो भनेको थिएँ । जनयुद्धमा सर्वोच्चको फैसला पछि तपाई हामी सबै विजयी भएको अवस्था हो । ”
उनले विभिन्न शक्तिको चलखेलका कारण कम्युनिष्ट आन्दोलनका सहकर्मी साथीहरु अलग भएको भन्दै अहिले फेरि कम्युनिष्ट आन्दोलनमा समाहित हुन आएकोमा खुसी व्यक्त गरे । उनले नेत्र बिक्रम चन्द पनि आफ्नै बाटोमा आएकोमा खुसी हुदै उनलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताए ।

“विप्लव जी पनि(उहाँ) अन्तत्वगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आई पुग्नुभएको छ । यसअर्थमा म उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र छिटै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु । अन्तत उहाँ यही ठाउँमा,यही लाइनमा ,यही टिममा आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ म बाट अलगिनुभयो । एउटा दिन आउनेछ, जुन दिन तपाई यहाँ हुनुहुनेछ भनेको थिएँ । एउटा कालखण्डमा एउटै मात्र प्रचण्ड हुन्छ । दुईवटा पात्र एकैचोटी हुदैन । एउटा कालखण्डमा एउटा क्रान्ति हुन्छ, दुईवटा प्रचण्ड हुदैन भनेकै थिएँ । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो । ”
अर्का अध्यक्ष माधव कुमार नेपालले आफुहरुले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर थोरै भएपनि नैतिकता देखाउन आग्रह गरे ।

उनले भने “केपी ओलीलाई पनि हामी अन्तिम मौका दिइरहेका छौ । राजीनामा दिनुहोस् नैतिकताको सानो अंश भएपनि देखाउनुहोस् । नभए इतिहासमा तपाई सधैंभरी कलंकित मात्रै हुनुहुनेछ । धेरै फूर्ति नदेखाउनुहोस् । तपाईंका फूर्ति देखाउने दिन गए । ”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको कदम चालेर आफैले बनाएको संविधानलाई मृत अवस्थामा पुर्याएर प्रतिनिधिसभालाई सिध्याउने अवस्थामा पुर्याउने अत्यन्तै प्रतिगामी कदम चालेको टिप्पणी गरे ।

सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको उनले उल्लेख गरे । पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट हटिसक्दा पनि प्रधानमन्त्री ओली पदमा बसिरहेको देखेर दुनियाँ नै चकित भएको बताए ।
उनले पार्टी नाम र चुनाव चिन्हको संघर्ष जारी नै रहेको भन्दै कसैले पनि आफुहरु प्रति कर्के नजर नलगाउन चेतावनी दिए ।

नेत्रविक्रम चन्द विप्लव राजनीतिको मुल प्रवाहमा आएपनि कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा आउन बाँकी रहेकाले आफुहरु कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा विप्लवलाई स्वागत गर्ने दिनको प्रतिक्षामा रहेको उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu