Connect with us
Kapilvast Forest

दोस्रो चरणको खोप अभियान सुरु हुँदै

२०७७, २३ फाल्गुन आईतवारमा प्रकाशित

covid 19

काठमाडौँ – कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि सुरु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप लगाएर दोस्रो चरणको अभियान शुरु गरिने भएको हो । खोप लगाउन प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्दैछन् ।

यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि ६५ वर्षमाथिकालाई मात्रै खोप दिन लागिएको हो । हिमाली जिल्लाहरुमा भने ५५ वर्ष माथिका सबैलाई खोप दिइने छ ।

२० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिँदैछ । यो चरणमा १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरी ४२ लाखलाई खोप लगाउने सरकारको तयारी छ ।

कोभ्याक्स आज आइपुग्ने
स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोभ्याक्स संयन्त्रबाट प्राप्त हुने तीन लाख ४८ हजार खोप आज नेपाल आइपुग्ने जनाएका छन् । सरकारले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख खोप ल्याउने तयारी गरेको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र नेपालले मात्र खोप पाउने भएका छन् । यस्तै सचिव अर्यालले भारतको सेरम इन्स्टिच्युट कम्पनीसँग खरीद गरेको खोप पनि एक हप्ताभित्र आउने बताए । यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत चार लाख २९ हजारले खोप लगाएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu