Connect with us
Kapilvast Forest

सशस्त्र प्रहरीद्धारा उधारणिय कार्य, ४ बिघा क्षेत्रमा नमुना आर्गनिक तरकारी खेती

२०७७, २३ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तु-
शान्ति सुरक्षामा खटिने सशस्त्र प्रहरीले खाली जग्गाको सदुपाये गर्दै नमुना आर्गनिक तरकारी खेती सुरु गरेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ६ सगराहवा स्थित सशस्त्र प्रहरी गढ नम्बर ३८ ले यस बर्ष देखि पहिलो पटक तरकारी खेती सूरु गरेका हो । गणपति डिबि कार्कीको नेतृत्वमा ४ बिघा बढी क्षेत्रमा ४ महिना अघि देखि तरकारी खेती स्रूरु गरिएको हो । गणको अधिनमा रहेका ३२ बिघा मध्ये हाललाई ४ बिघामा तरकारी खेती सुरु गरिएको गणपती तथा सशस्त्र प्रहरी उपरिक्षक कार्कीले बताए ।

बाझो र खरले ढाडेको क्षेत्रलाई फाडेर तरकारी खेती सुरु गरिएको उनले बताए । अझै पनि गणमा आधा बढी क्षेत्र बाझै छ । गणको पश्चिम उत्तर तर्फ रहेको जमिनमा तरकारी बिभिन्न किसिमा तरकारी लगाइको छ । जाडो याममा एक लट तरकारी उत्पादन पछि फेरी अहिले बर्खे तरकारी खेती गरिएको छ । सूरुमा गोभी, बन्दा, गाजर, बोडी टमाटर आलु, खुर्सानी लगायतका तरकारी लगाइएको थियो । ‘ हामीले एक लट तरकारी उत्पादन गरे खाई सेकेका छौ, फेरी बर्खे तरकारी समेत लगाएका छौ ’ कार्कीैले भने ।

अहिले भिन्डी, बोडी मुला आलु गाजर, प्याज सिमी लगायतका तरकारीहरु लागइएका छन । शान्ति सुरक्षा सहीत अन्य नया सिप र काम सिक्नकालागि गणको खाली जग्गामा तरकारी लगाएका कार्कीले बताए । यो सिप आफुहरुकालागि सेवानिभृत्त पछि घरमा समेत आयआर्जनकालागि काम लाग्ने उनले बताए । गणमा उत्पादन भएका आर्गनिक तरकारी उपभोग गर्न पाएको उनले बताए । माछापालनकालागि २ कठ्ठा भन्दा बढी क्षेत्रफल रहेको पोखरी समेत निर्माण गरिएको छ । सशस्त्र प्रहरीको कामलाई प्रोत्साहन दिन कृषि ज्ञान केन्द्र कपिलवस्तुे त्यहा प्राबिधक सहयोग र तालिम समेत दिएको छ ।

ज्ञान केन्द्रका प्रमुख भिमनाथ शर्माले शान्ति सुरक्षामा खटिने सशस्त्र प्रहरीले गणमा रहेको खाली जग्गाको उपयोग गर्दैै नमुना तरकारी खेती गरेको बताए । ‘ खाली जग्गामा सशस्त्र प्रहरीले मिहीनेत गरेर तरकारी खेती गरेकामा खु्शी लागेको छ ’ उनले भने । त्यहा गरिएको खेतीलाई बढावा दिन थप सहयोगकालासिग प्रदेश सरकारसंग माग गरिएको उनले बताए । ज्ञान केन्द्रले सशस्त्र प्रहरीलाई एक हप्ते तरकारी खेती तालिम समेत दिएको थियो ।

सशस्त्र प्रहरीको नमुना तरकारी खेतीको निरीक्षण गर्न पुगेकी लुम्बिनी प्रदेश की कृषिमन्त्री आरती पौडेलले सशस्त्र प्रहरीले खाली जग्गाको उपयोग गर्दै नमुना तरकारी खेती गरेको बताईन । उनले प्रदेश सरकारले कृषि क्षेत्रकालाई बढावा दिन बिभिन्न कार्यक्रम र अनु्दान दिएको भन्दै खाली जग्गाको सुदपयोग गरी आयआर्जन गुर्न पर्ने बताईन । उनले आलु प्याज हरिया तरकारीमा प्रदेशलाई नै आत्मनिर्भर बनाउन सबैे कृषकहरुले ब्यवसायिकरुप मै तरकारी खेती गर्नु पर्नेमा जोड दिईन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu