Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव कसरी दर्ता गरिन्छ? ‘फेल’ भयो भने के हुन्छ?

२०७७, २३ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नयाँ प्रधानमन्त्रीको उम्मेदवार पनि खडा गर्नुपर्छ। तर त्यो प्रस्ताव संसदमा पेस गर्दा बहुमत पुगेन र फेल भयो भने एक वर्षसम्म त्यस्तो प्रस्ताव हाल्न नपाइने संवैधानिक व्यवस्था छ।

यसकारण प्रचण्ड–नेपाल पक्षले मात्रै अविश्वास प्रस्ताव दर्ता गर्ने आँट गर्दा पास नहुने जोखिम छ। किनकि ओली समूहले पनि आफ्नै पक्षमा बहुमत सांसद आउने दाबी गरिरहेको छ। जसले गर्दा यतिबेला निर्णायक भूमिकामा नेपाली कांग्रेस देखिएको छ।

तर उसले यस विषयमा अहिलेसम्म खुलस्त भनिसकेको छैन। प्रचण्ड–नेपाल पक्षले भने कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न तयार रहेको बताइसकेको छ। तर यस प्रस्तावलाई देउवाले ‘ओके’ गरिसकेका छैनन्। बरु भनिरहेका छन्, ‘म प्रधानमन्त्री हुने दौडमा छैन।’

उता प्रचण्ड र माधवकुमार नेपालले पनि आफूहरू प्रधानमन्त्री बन्ने लालसामा नरहेको बताइरहेका छन्। तर देउवा र ओलीबीच लामो समयदेखि निकटता रहेका कारण उनीहरूबीच गठबन्धन हुन सक्ने आकलन पनि गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu