Connect with us
Kapilvast Forest

मुख्यमन्त्री राउतले दिए मुस्कान खातुनलाई बधाई

२०७७, २३ फाल्गुन आईतवारमा प्रकाशित

। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता मुस्कान खातुनलाई बधाई ज्ञापन गरेका छन् । आइतबार मुख्यमन्त्री राउतले विज्ञप्ति जारी गर्दै अमेरिकी मिसनले अन्तर्राष्ट्रिय सहासी महिला पुरस्कार दिने घोषणा गरेकोमा पुस्कृत मुस्कान खातुनलाई हार्दिक बधाई तथा उत्तरोत्तर कामना व्यक्त गरेका हुन् ।

एसिड आक्रमणमा परेपछि मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायका लागि लबिङ गरेको कार्यको कदर गर्दै अमेरिकाले पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

‘पुरस्कारका लागि प्रदेश २ की छोरीलाई चयन गरेकोमा नेपालस्थित अमेरिकी मिसन र अमेरिकी सरकारप्रति प्रदेश सरकारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वीरगञ्जकी मुस्कानलाई २०७६ भदौमा विद्यालय जाँदै गर्दा एसिड प्रहार भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu