Connect with us
Kapilvast Forest

महाराजगन्जमा संचालित दोश्रो दिनको निशुल्क आँखा शिविरमा, ६ सय ७३ जना आँखा चेकजाँच गराए ।

२०७७, २१ चैत्र शनिबारमा प्रकाशित

बृजेश यादव-कपिलवस्तु

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको आयोजना र छन्द कालेबाबु नारायनी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर संचालन भएको छ ।

महाराजगन्ज नगरपालिकाको वडा नं ९ शान्तिनगरमा संचालित दोश्रो दिनको शिविरमा ६सय ७३ जनाले आँखा चेकजाँच गराएको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।शिविरमा १सय ४४ जनाको मोतिया हिन्दुको अपरेसन भएको नगर प्रमुख कलामले बताउनु भयो । अप्रेशन भएको ब्यक्ति हरुलाई भोलि कालो चस्मा बितरण गरि घर पठाईने नगर प्रमुख कलामले बताउनु भयो ।

नगरवासीहरुलाई घर आगनमै सेवा उपलब्ध गराउने उद्देश्यले महाराजगन्ज नगरपालिकाले प्रत्येक बर्ष नगरपालिकाका नागरिकहरुका लागि निशुल्क शिविर सन्चाल्न गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत बेद प्रसाद खरेलले बताउनु भयो । महाराजगन्ज नगरपालिकाको वडा न ९ शान्तिनगरमा संचालितमै सेवा पाएपछि सेवा ग्राहि खुसी भएको वडा न ९ को वडा अध्यक्ष उदयराज कुर्मीले बताउनु भयो ।शान्तिनगरमा संचालित शिबिरमा छिमेकी नगरपालिकाहरुको नगरवासीहरुले समेत सेवा लिएको वडा अध्यक्ष कुर्मीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu