Connect with us
Kapilvast Forest

म्यानमार घटनाबारे गहिरो चासो र चिन्ता छ:सरकार

२०७७, २३ चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौं । सरकारले म्यानमारमा विकसित घटनाप्रति गहिरो चासो र चिन्ता रहेको बताएको छ । सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारमा विकसित घटनाप्रति सरकारको गहिरो चासो र चिन्ता रहेको बताउनु भएको हो ।

म्यानमारमा त्यहाँको सेनाले शासन हातमा लिएर लोकतान्त्रिक नेताहरुलाई नियन्त्रणमा लिएपछि नेपालले प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको बताउनु भयो । उक्त प्रेस विज्ञप्तिमा लोकतान्त्रिक प्रक्रिया पुनर्स्थापना हुने आशा व्यक्त गरेको मन्त्री ज्ञवालीले बताउनु भयो ।

 

मन्त्री ज्ञवालीले नेपालसहित देशको समर्थनमा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदले एउटा रिजोलुसन पारित गरेको उहाँले बताउनु भयो । उक्त रिजोलुसनमा जनताको अभिमतको सम्मान गर्न, लोकतान्त्रिक नेताहरुलाई रिहा गर्न र अत्यधिक बल प्रयोगलाई अन्त्य गर्न म्यानमारलाई आह्वान गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनु भयो ।

‘हामी गम्भीर रुपले चिन्तित छौं । त्यहाँ बालबालिकाहरु र शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरुको हताहती भएको । ती सबै विषयहरु नेपालसमेत पक्ष भएर पारित भएको रिजोलुसनमा छ । त्यसमा सबै विषय समेटिएको अनुरोध गर्न चाहन्छु’ उहाँले भन्नु भयो ।

उहाँले लोकतन्त्र, मानव अधिकार र विश्व शान्तिका मामिलामा नेपाल सदैव स्पष्ट रहेको पनि बताउनु भयो ।

सांसदहरुले म्यानमारको विषय बिमस्टेकको परराष्ट्रमन्त्री स्तरीय भर्चुअल बैठकमा किन छलफल भएन भनी प्रश्न गर्नु भएको छ । जवाफमा मन्त्री ज्ञवालीले यस्ता फोरममा कुनै खास देशमा भएको घटनाबारे छलफल नहुने बताउनु भएको छ ।

‘ती प्रत्येक संस्थाहरु सञ्चालनका आफ्ना विधिहरु छन् । हामी सबै सहमत भएका संस्थाहरु हुन् ती । त्यसो भएर सार्क, बिमस्टेकजस्ता फोरमहरुमा दुई पक्षीय विवादका विषय या कुनै खास देश विशेषमा घटित घटनाहरुका विषयमा छलफल गरिंदैन । त्यसरी जाने हो भने यी संस्थाहरु चल्दैनन् ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu