Connect with us
Kapilvast Forest

म्याग्दीकाे खोप्रा लेकमा पर्यटकको आगमन बढ्यो

२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित

म्याग्दी – तलतिरका वन, टाढा टाढाका मनमोहन पहाडी भूगोलसँगै दर्जनौं हिमश्रङखला दृश्य ।अन्नपूर्ण गाउँपालिका–५ शिखमा पर्ने हिमालको फेदी खोप्रा लेकबाट देखिन दृश्यहरू हुन् यी । समुद्री सतहदेखि ३ हजार ६ सय ६० मिटर उचाइमा रहेको खोप्रा लेकबाट यस्ता मनमोहक दृश्य देखिने भएपछि असोजदेखि पर्यटकको चहलपहल बढ्न थालेको छ ।

‘पहाडको परी’को रूपमा परिचित खोप्रा लेकबाट मनास्लु, माछापुच्छे, साउद अन्नपूर्ण, निलगिरी, धौलागिरी, गुर्जा, बहरि शिखर, दुन्चेपिङ जस्ता दर्जनौं हिमश्रृङखलाको अवलोकन गर्न पाइने भएपछि पर्यटकको आगमन बढेको स्थानीयको भनाइ छ ।

मृग, घोरल, डाँफे लगायत जंगली जनावर र पंक्षीहरूको अवलोकन गर्न समेत पाहिने खोप्रा लेकमा, हिमालको फेदीमा पालिने चौरीको दृश्यले समेत पर्यटकको मन जितेको छ । पर्यटकको संख्यामा वृद्धि हुँदै गएपछि खोप्रालेकमा बस्नको लागि पनि समस्या हुन थालेको छ ।

एउटा मात्र सामुदायिक लज भएको उक्त ठाउँमा पर्यटकको संख्या बढेसँगै टेन्टमा बासको व्यवस्थापन मिलाउने गरिएको खोप्रा सामुदायिक लजका प्रबन्धक नविन पुनले बताउनुभयो ।

हिमश्रृङ्खला मात्र नभई खोप्रा लेक प्राकृतिक, जैविक र भौगोलिक रूपमा पनि मनमोहक मानिन्छ । पहाडको टुप्पोमा अवस्थित खोप्रा लेकबाट म्याग्दी, पर्वत, कास्कीका पहाडहरूका बस्ती समेत देख्न सकिन्छ ।

जिल्ला सदरमुकामदेखि ३ घण्टा सवारी साधन र ५ घण्टा पैदलमार्ग हुँदै खोप्रालेक पुग्न सकिन्छ । खोप्राबाट बिहान देखिन सुर्योदयले आफ्नो मन लोभ्याएको पर्यटकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu