Connect with us
Kapilvast Forest

थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरू

२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाँचौं स्वास्थ्य दिवसको अवसरमा बोर्डले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थप ६ जिल्लामा बीमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा भर्च्युअल माध्यमबाट स्वास्थ्य बीमा कार्यक्रम शुरू गर्नु भएको हो ।

यीसहित स्वास्थ्य बीमाको पहुँच अब काठमाडौं र ललितपुरबाहेक देशभरका ७५ जिल्लामा पुगेको छ । बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले यही आर्थिक वर्षभित्र बाँकी दुई जिल्लामा पनि कार्यक्रम शुरू गर्ने तयारी गरिएको बताउनु भएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले स्वास्थ्य प्रणाली सुधारमा सरकार गम्भीर भएर लागेकाले पछाडि फर्किएर हेर्न नपरेको बताए । कार्यक्रमलाई प्रभावकारी बनाउन सबै कर्मचारी गम्भीर भएर लाग्नुपर्नेमा उनले जोड दिए । बीमा गरेपछि कतिपय बीमितले अहिले पनि सहज सुविधा पाउन नसकेको गुनासो हुने गरेकोमा मन्त्री त्रिपाठीले बीमितलाई दिने सुविधा सहज बनाउन निर्देशन दिनु भयो ।

साथै बुधवारदेखि नै बोर्डले स्वास्थ्य बीमा कार्यक्रम नागरिक एपमा पनि हेर्न र डाउनलोड गर्न सकिने गरी सेवा शुरू गरेको जानकारी दिएको छ । २०७२ चैत २५ गते कैलाली, इलाम र बागलुङबाट सबै नेपालीको स्वास्थ्य बीमा गर्ने लक्ष्यका साथ यो कार्यक्रम शुरू भएको थियो । यसअघि यस कार्यक्रममा ६९ जिल्लाबाट ३७ लाख ४२ हजार जना सहभागी भइसकेको बोर्डले जानकारी दिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu