Connect with us
Kapilvast Forest

संसद अधिवेशन अन्त्य र शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

२०७८, ६ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं–मन्त्रिपरिषद्को बिहान बसेको बैठकले जारी संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय गरेको छ।बिहान सम्पन्न बैठकले जारी अधिवेशन अन्त्य गर्न सिफारिश गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।

अबको केही समयमै बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले हाललाई अधिवेशन अन्त्य गरिएको मन्त्री ज्ञवालीको भनाइ छ।सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।

बालुवाटारमा सम्पन्न बैठकले सिफारिश गरेसँगै आजै १ बजेदेखि संसद् अधिवेशन अन्त्य हुने बताइएको छ।त्यसैगरी बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णयसमेत गरेको छ।

विद्यालयमा अनलाइनमाध्यमबाट पठनपाठन गराउन आजै आदेश जारी हुने मन्त्री ज्ञवालीले बताउनुभयो ।पछिल्लो समय कोरोना जोखिम बढेसँगै बालबालिकामा संक्रमण फैलिन सक्ने भन्दै केही समयका लागि शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन पठनपाठनको व्यवस्था मिलाउने तयारी गरिएको उहाँको भनाइ छ।

 

त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशालालगायत भिडभाड हुने क्षेत्रसमेत वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu