Connect with us
Kapilvast Forest

‘जुनसुकै बेला चुनावमा जानुपर्ने हुन सक्छ :एमाले प्रवक्ता ज्ञवाली

२०७८, ६ बैशाख सोमबारमा प्रकाशित

काठमाडौ– नेकपा एमालेले जुनसुकै बेला देश चुनावमा जान सक्ने भएकाले तयारी अवस्थामा रहन पनि बैठकले महाधिवेशन आयोजक कमिटीका सदस्यलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकले चुनावका लागि तयारी अवस्थामा रहन निर्देशन दिएकाे एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

ज्ञवालीले भन्नुभयो, ‘कुनै पनि बेला चुनावमा जानुपर्ने भएका कारणले त्यसका लागि तयार हुनका निम्ति पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । विभाजनकारी गतिविधिमा लागेका साथीहरूलाई ती गतिविधि बन्द गरेर पार्टी एकतालाई सुदृढ गर्न फेरि पनि फर्किनका निम्ति आह्वान गरेको छ । नफर्के कारबाहीको विषय बन्ने कुरा उल्लेख गरिएको छ ।’

महासचिव ईश्वर पोखरेलले पेस गरेको सङ्गठनात्मक प्रतिवेदन पनि बैठकले पास गरेको छ । प्रतिवेदनमा पार्टीलाई व्यवस्थित बनाउनका निम्ति ६ महिने कार्ययोजना बनाइएको जसअनुसार जेठ मसान्तसम्म प्रदेशदेखि पालिकासम्मका सबै कमिटीको पुनर्गठन गर्ने, असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने, भदौमा वडा, पालिका र जिल्ला अधिवेशन गर्ने, असोजमा प्रदेश अधिवेशन गर्ने र मङ्सिरमा पार्टीको महाधिवेशन गर्ने सङ्गठनात्मक कार्यतालिका रहेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

महाधिवेशन आयोजक कमिटीको अर्को बैठक वैशाख १० गते बस्ने निर्णय पनि बैठकले गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu