Connect with us
Kapilvast Forest

नौमुरेको लागत अनुमान १ खर्ब ६ अर्ब

२०७८, ६ बैशाख सोमबारमा प्रकाशित

प्यार अलि खान-

बहुप्रतिक्षित राष्ट्रिय गौरवको ‘नौमुरे’ बहुउद्देश्यीय परियोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययनको काम सकिएसंगै परियोजनाको लागत १ खर्ब ६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
प्यूठान र अर्घाखाँचीको सिमाना पर्ने नौमुरे परियोजनाको भौगोलिक अध्ययन, डिजाइन, ड्रिलिङ, ले-आउटलगायतका काम सकिएको र वातावरणीय प्रभाव मूल्यांकन(इआइए)को काम अन्तिम चरणमा पुगेको आयोजनाका इन्जिनियर शंकर बहादुर साउदले जानकारी दिए।
सरकारले चार वर्षअघि २० करोड रुपियाँ विनियोजन गरेपछि नेपालका दुई र एक स्पेनी कम्पनीले नौमुरे प्रिभिजिबिलिटीको काम गरेका हुन्। साउदका अनुसार नौमुरे परियोजना कम्तिमा ६ बर्षमा निर्माण सम्पन्न गर्न सकिने अनुमान गरिएको छ।
समाजशास्त्री प्रकाश घिमिरेले स्थगलगत रुपमै नौमुरे प्रभावित क्षेत्रका बासिन्दाहरूको राय सुझाव तथा लगत संकलनको काम अगाडि बढिरहेको जानकारी दिएका छन्।
उनका अनुसार प्रभावित क्षेत्रको वातावरणीय प्रभाव मुल्याङ्कन र प्राभावित बन्न सक्ने स्थानीय बासिन्दा, आयोजना भित्र पर्ने जग्गा, रुख लगाएतको लगत संकलन भइसकेको छ ।
नौमुरे बहुउद्देश्यीय परियोजना अन्तर्गत नौमुरे, लामाताल र सुरईनाका गरी तीनवटा जलविद्युत आयोजना सञ्चालन गरिने सरकारको योजना छ।
नौमुरेको उत्पादन क्षमता २१८.३४ मेगावाट रहने र १ सय ६९ मिटरको ड्याम बाँधेर नौमुरेलाई जलाशययुक्त बनाउने प्रस्ताब गरिएको छ । नौमुरेमा मुख्य बाँध बनाउँदा करिब १८ वर्गकिलोमिटर क्षेत्र डुबानमा पर्नेछ।
लामातालमा रिरेगुलेटिङ्ग (सहायक बाँध) निर्माण गरेर कपिलवस्तु र बडकापथ तथा प्रगन्ना र सिक्टा सिँचाइलाई पानी लैजाने गरि विद्युत विकास विभागले अध्ययन गरेको छ ।
यो बाधले १.२२ वर्गकिलोमिटर क्षेत्र डुबानमा पर्ने इन्जिनियर साउदले बताए । यसबाट ८ मेगावाट बिजुली उत्पादन हुनेछ।
त्यस्तै,लामातालबाट निस्केको पानीलाई कपिलवस्तुको सुरईनाकामा लगेर अर्को विद्युत् गृह निर्माण गर्ने प्रस्ताब गरिएको छ । यसबाट ५४.७ मेगावाट बिजुली उत्पादन हुनेछ ।
अध्ययन टोलीका प्रमुख डा. नारायण भक्त श्रेष्ठ्ले यी संरचना बनेपछि कपिलवस्तुको ३० हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने बताए ।
नौमुरेको सर्वेक्षण २०४४ मै भएको हो। त्यसवेला सरकारी विशेषज्ञ टोलीले ९० मिटरको बाँध निर्माण गरी २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिने प्रतिवेदन बुझाएको थियो। तर विद्युत विभागले अहिले गरिरहेको अध्ययनमा नौमुरेको तीन ओटै आयोजनाको कुल उत्पादन क्षमता २८१.४ मेगावाट रहने देखिएको छ।
‘जलाशयको बाँध कम बनाउँदा प्युठान र अर्घाखाँचीका थुप्रै भु-भाग डुब्ने देखिएपछि पहिलेको भन्दा बाँधको उचाई ८० मिटर बढाईएको छ। जसले गर्दा यी दुवै स्थान डुब्नबाट जोगिनेछन,’ श्रेष्ठले भने।
प्रारम्भिक प्रतिवेदन अनुसार नौमुरे आयोजना निकै सस्तो र बहुउपयोगी परियोजनाका रुपमा हेरिएको छ । लुम्बिनी प्रदेश सरकारले समेत नौमुरेलाई प्राथमिकतामा राखेको प्रदेस सांसद हरि प्रसाद रिजालले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu