Connect with us
Kapilvast Forest

नारायणगढ-मुग्लिन खण्डको जलबीरे पुल तयार, २६५ मिटर दूरी छोटियो

२०७८, ७ बैशाख मंगलवारमा प्रकाशित

चितवन – कुनै एक जमानामा सर्वाधिक सवारी साधन दुर्घटना हुने ठाउँका रुपमा परिचित थियो, जलबीरे । यहीँबाट यात्रुवाहक बसहरू त्रिशूली नदीमा खस्ने, घुम्तीमा ठोक्किने हुँदा कयौं मानिसहरूले ज्यान गुमाए ।

अत्याधिक सवारी दुर्घटना भएपछि जलबीरे घुम्ती छेउमा एक मन्दिर बनाएर नियमित पूजा गर्न थालियो । मन्दिर बनेपछि यो ठाउँमा दुर्घटनामा कमी आएको स्थानीय बताउँछन् । अहिले यही घुम्तीमा पुल बनेको छ । पुल बनेपछि घुम्ती सीधा मात्रै भएन, सडकसमेत २६५ मिटर छोटियो ।

गत वर्ष कोरोना संक्रमणबाट काम प्रभावित बनेको पुलको काम सकिएको छ । नारायणगढ मुग्लिन सडक खण्डकी सूचना अधिकारी सविना रानाभाटले एक(दुई दिन भित्रै पुल सञ्चालन गर्ने तयारी भएको जानकारी दिनु भयो ।

पुलको निर्माणको म्याद गत वर्ष असारमा नै सकिएपछि थप गरिएको थियो । रौताहा कन्स्ट्रक्सनले ८० मिटर लामो पुल १३ करोड ९४ लाखको लागतमा बनाएको हो । पुलमा तीनवटा स्पान छन् । मन्दिरको छेउछाउ सामान्य केही काम बाँकी छ ।

माडी अयोध्याका लागि भगवान राम(सीताका मूर्तिसहितको रथयात्राको टोलीलाई पहिलोपटक सो पुलबाट पास हुन दिने की भन्ने बारेमा समेत चर्चा भएको छ । जलबीरेको घुम्तीमाथि चर्चित जलबीरे झरना पर्दछ । अहिले सवारी हिँड्ने ठाउँमा झरना जानेहरुका लागि पार्किङ वा वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिन्छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu