राष्ट्रिय जनगणना २०७८ र अदैं जातिको इतिहास
केर सिंह अदै-
नेपालमा यही वैशाख र जेठ मा राष्ट्रिय जनगणना हुँदै छ, राष्ट्रिय जनगणना ले जाति धर्म ,भाषा , आदिवासी जनजाति , अल्प संख्यक जाति, बारे यकिन गर्ने हुँदा अहिले आफ्नो धर्म , जाति को विषयमा बहस सिर्जना भएको छ, किनकि धेरै पटक जनगणना भए पनि नेपालको जाती, जनजाति ,आदिवासी बारेमा ठोस तथ्यंनक आयको छैन, २०५२ सालमा जनजाति उत्थान प्रतिष्ठान कार्य दल गठन भएको थियो, यो कार्य दलले नेपाल मा ६१ जन जाति छन भनेर सरकार लाई सिफारिस गरेको थियो, २०५६ सालमा सरकारले ६१ जनजाति लाई स्वीकृत गरेको थियो, २०५८ सालमा ए न, बनाउँदा ५९ वटा आदिवासी जनजाति हरू को सूची राखियो, २०५८ सालको राष्ट्रिय जनगणना ले ९२ र २०६८ सालको जनगणना ले १२३ जाति भाषा नेपालमा रहेको देखाएको छ, भने १० धर्म मान्ने मानिस रहेको देखाएको छ, २०६८ सालको जनगणना मा ६१५८१ जनाको कुनै धर्म पहिचान नखुलेको देखाएको छ, नेपालमा आदिवासी जनजाति भाषा सम्बन्धी धेरै बहस भएको र अझै फरक फरक ढंग ले विश्लेषण भाई रहेको पाउँछौ,
विश्व मा मानव जाति को ३० वटा जाति नश्ल रहेको र नेपालमा ४ जाति नश्ल रहेको पाइन्छ,
आर्यन जाती, मा क्षत्री, बाहुन, ठकुरी, संन्यासी, कामी ,दमाई सार्की ,गाइने,वादी , मधेसी बाहुन, मधेसी क्षत्री, मुस्लिम समुदाय आदि पर्दछन, २ , मंगोल जाती नश्ल, , मा मगर, गुरुङ , राई, लिम्बू,।तामाङ, थकाली, छन्त्याल,भोट, शेर्पा, लगायत पर्दछन्, ३, द्रविड जाती नश्ल झाग ड जाती पर्दछ ४ , अस्त्रो एसियाली वा मुण्डा जाति नश्ल मा सतार, सन्थाल जाती पर्दछन, नेवार जाति किरात मंगोल र लिच्छवि आर्यन जातिको मिश्रण बाट बनेको भनिएको छ, थारु समुदाय लाई मंगोलको नश्ल नै मान्दछन्, भने कतिपय ले।विभिन्न नश्ल को मिश्रण मान्दछन् हिन्दू धर्म ले कामको आधारमा ४ जातमा विभाजन गरेको छ, बाहुन, क्षत्री, वैसे, सुद्द्र, , जातजाति छुट्याउन को लागि, भाषा ,संस्कृति, रीतिरिवाज, कर्म काण्ड, बाट पहिचान गर्ने गरिन्छ, पहिचान नखुलेका, र विवादित रहेका जाति मध्य अ दै जाति पनि आउँदछ, देश भर ७५० जना जनसंख्या रहेको , खास गरी बागलुङ को पश्चिमी भेग मा रहेको पछि बसाई सराई गरी अरु जिल्ला गएको पाइन्छ, यो अ दै जाति को भाषा आफ्नै भाषा रहे पनि विकास गर्न नसकेको , हराउँदै गएको पाइन्छ, अदै जाति प्रकृति पुजक जाती हो, कुल पुजा , गोठ पूजा, विस्साउनो पूजा, बरा पूजा गर्दछन्, जाक्री धामी को पनि विश्वास गर्ने गर्दछन, विवाह मा मामा को छोरी, विवाह गर्ने,।चलन छ, बाहुन राख्ने खासै चलन छैन, मरे पछि गाड्ने, रक्सी चुरोट चढाउने एक भाई क्रिया बस्ने, १३ दिन मा कुलमा भेडा पूजा गरेर चोख्खिने चलन छ, १३ दिन पछि दाजुभाइ हरुमा विवाह , पूजा को काम हुन्छ, मरेको १/२ वर्ष पछि बिस्साउनो मा मिसाउने चलन छ विसाउनो भनेको कुनै ठाउँ मा भित्ता मा ढुँगा मा मरेका पुर्खा हरुको नाम लेखेका हुन्छन्, र त्यही ठाउँमा नयाँ मरेको मान्छे को झाक्री राखेर, दाजु भाई , दिदी बहिनी ,।इस्ट मित्र जम्मा भयर भेडा पूजा गरेर झाक्री ले पहिले का आफ्ना दाजुभाइ सँग को भित्ता मा नाम लेखी नयाँ मरेको लाई मिसाउँछन्, पुरानालाई सम्झिन्छन्, सराध्य गर्दैनन्, अदै जाती ले दशै र तिहार मान्दछन्, रा गा, सुँगुर खाने चलन छैन,
अ दै जाती को इतिहास , नश्ल बारेमा यकिन छैन, लिच्छवि कालमा भु पाल दामु पाल को समयको , दुल्लु शिला लेख , मा विष्णु अ दै को भाई साउपा ल , अदै उल्लेख गरिएको छ , अ दै प्राचीन उच्च पदवी भनिएको छ,
अ दै जाति को पहिचान को समस्या भएको छ, अदै जातिलाई पहिचान गराउन नसक्नु हाम्रो कमजोरी भएको छ,।भर्ती हुँदा, बसाई सरेर अर्को ठाउँ जाँदा अदै थर बदलेर, पुन, मगर, थापा, ओली थर कायम गरी स्थापित भएको छन,। एउटै कुल भित्रका भाई हरू , अलग , अलग थर कायम भयका छन, यो मुख्य समस्या रहेको छ, बागलुङ बोवाङ का अदै हरुले धन बहादुर अदै को पहलमा नेपाल अ दै संघ गठन गरी , जाती भाषा संस्कृति पहिचान गरी पाउ भनी, आदिवासी जनजाति आयोग मा निवेदन पेस गरेको छन,
अहिले राष्ट्रिय जनगणना २०७८ को वैशाख जेठ मा हुन गइरहेको ले अदै थर ले फाराम भराउँदा धेरै ख्याल पुर्याउनु पर्ने छ, जाती मा अदै ,। जाती मा आदिवासी जनजाति, अल्पसंख्यक, भाषा , अदै , नेपाली, धर्म , प्रकृति पुजक, मा तिक लगाई अदै जाति को जातीय पहिचान खुलाउन सबै अदै हरू एक है
अन्य जात , थर मा विलय नहौ,
धन्यवाद