Connect with us
Kapilvast Forest

असहमतीहरु बैठकबाट समाधान गर्न सकिन्छ:माधव समूह

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर अपील जारी गरेको छ । स्थायी कमिटीका नेताहरुले सामूहिक रुपमा जारी गरिएको अपीलमा पार्टीको विवाद बैठकबाट समाधान गर्न सकिने उल्लेख गरिएको छ ।

‘पार्टी अध्यक्षसँग अनेकौं विषयमा हाम्रा असहमति छन् र हामीसँग पनि उहाँका पनि अनेक असहमति हुन सक्छन् । जसका बारेमा पार्टी केन्द्रीय कमिटीको विधिवत बैठकबाट समाधान गर्न सकिन्छ’, अपिलमा उल्लेख छ । त्यसका लागि अदालतको फैसलाअनुसार, एमाले २ जेठ २०७५ अगाडिको अवस्थामा फर्कनुपर्ने उल्लेख गरिएको छ ।

अपिलमा अध्यक्ष ओलीप्रति कडा आक्रोश पोखिएको छ । अपिलमा ओलीलाई केशरजंग रायमाझीसँग तुलना गरिएको छ । दोस्रो महाधिवेशनमा कार्यक्रम पुष्पलालको पारित भएपनि नेतृत्वमा रायमाझी आएको उल्लेख छ । त्यही घटना २०७१ मा सम्पन्न नवौं महाधिवेशनमा दोहोरिएको जनाइएको छ ।

नवौं महाधिवेशनबाट पारित कार्यक्रमका विरोधी ओली नेतृत्वमा आएपछि कार्यदिशा, विधान र विधि–पद्धति लत्याउनेतिर लागेको अपिलमा उल्लेख छ । अहिले ओली कम्युनिष्ट पार्टीलाई बिसर्जन र विभाजनतिर लगेको आरोप लगाइएको छ ।

‘कमरेड केपी ओलीले हाम्रो पार्टी नेकपा एमालेलाई जुन दिशामा लैजाँदै हुनुहुन्छ, त्यो पार्टीको विभाजन र विघटनको दिशा र अन्ततः कम्युनिष्ट आन्दोलनकै सिर्जनको दिशा हो’, अपानिमा उल्लेख छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu