Connect with us
Kapilvast Forest

राप्रपा लुम्बिनी प्रदेशका तीन जना नेताहरू एमालेमा प्रवेश

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं -लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य रहेका लुम्बिनी प्रदेशका तीन जना नेताहरू बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमाले प्रवेश गर्नेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता एवं केन्द्रीय सदस्य नारायण आचार्य तथा रुपन्देहीकै अर्का नेता एवं केन्द्रीय सदस्य नवीन पौडेल छन्।

तीन जनालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टी नेता एवं खानेपानी मन्त्री मणिराज थापाले बालुवाटारमा स्वागत गरेका थिए। सो अवसरमा प्रधानमन्त्री ओलीले तीन जना नेताहरूले नेकपा एमालेको सांगठनिक जीवनमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu