Connect with us
Kapilvast Forest

बारामा घरभित्रै महिलाको शव भेटियो, श्रीमान फरार

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

death

वीरगञ्‍ज -बारामा एक महिलाको हत्या भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका(३ छिमेक बैंक टोल बस्ने ५० वर्षीया पार्वती कार्कीको हत्या भएको हो ।आफ्नै घरको दोस्रो तल्लाको बरण्डामा उनको शव भेटिएको छ । निधार र टाउकोमा गह्रौं वस्तुले हानेको चोट देखिएको र शव नजिकै इँट्टा पनि भेटिएको प्रहरीले जनाएको छ ।

घटनापछि महिलाका श्रीमान फरार छन् । उनले नै हत्या गरेर भागेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।मादक पदार्थ सेवन गरेर आउँदा बाबु आमाबीच प्रायः झगडा भइरहने ती दम्पतीका छोराहरुले बताएका छन् ।बुधबार राति पनि बाबुआमाबीच विवाद भएको र बिहान माथिल्लो तलामा हेर्न जाँदा आमा मृत अवस्थामा देखिएको उनीहरुले प्रहरीसमक्ष बताएका छन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ सहितको टोली घटना स्थलमा पुगेको छ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

‘श्रीमान श्रीमतीबीच लामो समयदेखि वादविवाद भइरहने रहेछ, घटनापछिसँगै रहेका श्रीमान् फरार छन्, उनको खोजी भइरहेको छ’ उहाँले भन्नुभयो ‘घटनास्थल शव जाँच मुचुल्का लगायत आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरेका छौं ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu