Connect with us
Kapilvast Forest

बाणगंगा नगरपालिका र चिनिया कम्पनी बिच ११ अरब २५ करोडको सौर्य मेघा परियोजनाको संझौता

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

कपिलवस्तु -राष्ट्रिय गौरवको सौर्य मेघा परियोजनाको संचालनकालागि बिहीवार कपिलवस्तुको बाणगंगा नगरपालिका र चीन सरकारको प्यारामेन्ट, कम्पनी राइजेन इनर्जी लिमिटेड बिच बिहीवार सम्र्झौता भएको छ । १ सय २५ मेघावटा बिद्यतु उत्पादनकालागि ११ अरब २५ करोडको सौर्य मेघा परियोजनाको दुई पक्ष बिच नगरपालिकाको कार्यालमया संझौता गरिएको हो ।

चीन सरकारबाट निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङ र नगर प्रमुख मंगल प्रसास थारुले सोमवार संझौतामा हस्ताक्षर गर्नु भएको थियो । नगरपालिकाको वडा नम्बर ७ खारखानीमा रहेको सरकारी जग्गामा परियोजना संचालन हुनेछ । सौर्य मेघा परियोजनाबाट १ सय २५ मेगावट सौर्यविद्यूत उत्पादन हुने छ २० मेगावाट स्टोरजेव क्षमताले बाणगंगा नगरपालिका जुनसुकै स्थितिमा पनि लोडसेडिङ नहुने बताइएको छ । यो परियोजनाले कपिलवस्तुको बाणगंगा नगरपालिकाको मुहार फेरिने नगर प्रमुुख थारुले बताउनु भयो ।

‘ प्रदेश कै ठुलो आयोजनाले अब सिंगो जिल्लाको नाम चक्किने छ ’ उहाँले भन्नु भयो ‘ सिंगो बाणगंगाको मुहार फेरिने निश्चित भएको हो ।’ यो नगरको लागि सबैभन्दा ठुलो उपलब्धि हुने बताउनु भयो । यो योजना बढीमा ३ बर्षभित्र बनाएर सकिने छ ।

नेपाल सरकारले पनि काम गर्न निर्माणमा कम्पनीलाई अनुमति दिइसकेकोले नगरसंगको सम्झ्यौतापछि तुरुन्त काम सुरु हुने कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङले बताउनु भयो ।

नेपालका प्रतिनिधि राइजोन प्रतिनिधि छविलाल सिटौलाले परियोजनाले यो परियोजनाले जिल्लाको आर्थिक र पर्यटन विकासमा सहयोग गर्ने बताए । यस्तै प्रकृतिाको सौर्य परियोजना बाकेको कोहलपुरमा समेत निर्माण हुनेछ । लुम्बिनी प्रदेशको बाणगंगा र कोहलपुरमा निर्माण हुने सार्य परियोजनाले प्रदेशकै उर्जा संकमट टार्ने उहाँले बताउनु भयो ।

सो परियोजना वडा नम्बर ७ को सारेको खारखानी पार्क र पिक्नीक स्पोट नजिक बन्ने भएपछि वडाबासी धेरै खुसी भएको वडाध्यक्ष विष्णु गिरीले बताउनु भयो । गत असार ५ गते बसेको लगानी बोर्डको ४४ औँ बैठकले कम्पनीलाई सम्भाव्यता अध्ययनको अनुमति दिने निर्णय गरेको थियो । यो परियोजनाको लागि यस क्षेत्रकै पुराना वामपन्थी नेता लक्ष्मण रायमाझीले मुख्य पहल गरेका थिए ।हस्ताक्षर कार्यक्रमर्मा चीन सरकारबाट निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङ, म्यानेजिङ डाइरेक्टर मिस्टर जोउ र उप मेयर चक्रपाणी अर्याल लगायतको सअभागीता थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu