Connect with us
Kapilvast Forest

मायादेबी गाउपालिका पुर्ण खोप घोषणा, कपिलवस्तु बैशाख भित्र घोषणा हुंदै

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

कपिलवस्तु –कपिलवस्तुलाई बैशाख भित्र्रै पुर्णखोप बनाउने अभियान अन्र्गत धमाधम पुर्णखोप घोषणा नर्ग थालिएको छ । नगर गाउपालिकाको वडा सहीत पालिकालाई पुर्ण खोप घोषणा बनाउने अभियानलाई तीब्रता दिइएको हो ।

दुई दिन मै २ पालिका पुर्ण खोप घोषण गरिएको छ । गत बैशाख ७ गते सुद्धोदन गाउपालिका पुर्ण खोप घोषणा गरिएको थियो। बिहीवार मायादेबी गाउपालिकालाई पुर्णखोप घोषणा गरिएको छ । बालबालिकाहरु खोपको पहुचमा आए पछि कपिलवस्तुको मायादेबी गाउंपालिकालाई पुर्ण खोप घोषणा गरिएको हो ।

गाउंपालिकामा आयोजित एक कार्यक्रमका विच गाउंपालिकाका प्रमुख बजरंगी प्रसाद चौधरीले ६ हजार ६६४ बालिका नै खोपको पहुचमा पुगको प्रतिवेदन पढेर सो घोषणा गरे ।गाउंपालिकामा १५ महिना सम्मका वालवालिकालाई लगाइएको खोपको तथ्याकंकको आधारमा गाउंपालिकालाई पुर्ण खोप पालिका घोषणा गरिएको हो ।

जिल्ला खोप समन्यव समितिको सचिवालयले अनुगमनको आधारमा पुर्ण खोप पाइएको आधारमा पालिकालाई पुर्ण खोप घोषणा गरिएको हो । पुर्ण खोप घोाषण कार्यक्रममा खोप समन्यव समितिका संयोजक तथा जिल्ला समन्य समितिका प्रमुख नारायण प्रसाद खनालले पुर्ण खोप मापदण्ड प्राप्त भएको प्रमाण पत्र प्रदान गर्नु भयो ।

सो अवसरमा उप मेयर गीता तिवारी, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, वडाअध्यक्ष सुकदेव प्रसाद तिवारी कांग्रेस नेता लोकनाथ पाठक स्वास्थय कार्यालयका खोप अधिकृत चिन्ँतामणि ज्ञवाली लगायतले शुभ कामना मन्तब्य दिनु भएको थियो ।

जनप्रतिनिधी , कर्मचारी , महिला स्वास्थ्य स्वंमसेवी र अन्य सरोकारवाला निकायले सहयोग गरेको कारण पुर्ण खोप घोषणा गर्न सफल भएको स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवले बताउनु भयो ।

जिल्लाका वाणगगा नगरपालिका, शिवराज नगरपालिका बुद्धभुमी नगरपालिका र शुद्धोधन गाउंपालिका पुर्ण खोप मायादेबी गाउपालिकाघोषणा गर्ने पालिका भएका छन । अन्य पालिकालाई पनि विस्तारै घोषणा गरि यही बैशाख भित्रै कपिलवस्तु जिल्ला पुर्ण खोप कार्यक्रम घोषणा गर्ने कार्यक्रम रहेको जिल्ला समन्यव समितिका प्रमुख नारायण प्रसाद खनालले बताउनु भयो जिल्ला स्वास्थय कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले जिल्लालाई पुणृ खापयुक्त बनाउने अभियानलाई तीब्ररुमपा अघि बढाइएको बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu