Connect with us
Kapilvast Forest

शिवराज नगरपालिकाको नयाँ अभियान :झण्डा गाड्ने, अण्डा बाँड्ने

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

शिवराज नगरपालिकाको कार्यालय

माधव बेल्बासे ,कपिलवस्तु -गर्भावस्थाको जोखिम न्यूनीकरण र पोषण सुधारका लागि कपिलवस्तुको शिवराज नगरपालिकाले ‘घर(घरमा झण्ड, हात-हातमा अण्डा’ अभियान सुरु गरेको छ । शिवराज–१ शिवपुरबाट गर्भवती भेटघाट कार्यक्रम अन्तर्गत गर्भवतीको घरमा झण्डा गाड्ने र अण्डा वितरण गर्ने अभियान सुरु गरेको हो ।

वडामा रहेका ८० गर्भवतीलाई एकएक क्यारेट अण्डा र घरमा राख्नका लागि हरियो झन प्रदान गरिएको उपप्रमुख शिवकुमारी थारूले जानकारी दिइन् ।गर्भवतीको पहिचानको गर्न तथा आमा र बच्चाको स्वास्थ्यमा परिवारले ध्यान दिऊन् भन्ने उद्देश्यले झण्डा राखिएको होु, उनले भनिन्  घरमा राखेको झण्डाका आधारमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीलाई पहिचान गर्न सहज हुन्छ ।

नगरले गर्भवती र सुत्केरीका लागि पोषिलो खानेकुरासहित घरभेट कार्यक्रमसमेत सञ्चालन गर्ने उनले बताइन् । गत वर्ष पनि सुनौला हजार दिनका महिलालाई घरघरमा भेट कार्यक्रम गरी प्रभावकारी बनेकाले यस वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिइन् ।

नगरपालिकाले उपमेयर मातृशिशु स्याहार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत शिवराज ११ वटै वडाका हजार दिनभित्रका महिलाको स्वास्थ्य अवस्था, जाँच, पोषण, स्याहारजस्ता काम भइरहेको जनाइएको छ । गर्भवतीलाई लक्ष्य गरी नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने अन्तिम तयारी गरेको छ ।

निम्न वर्गका महिलालाई सुत्केरी गराउन सिफारिश गर्नुपर्ने अवस्थामा नगरपालिकाको एम्बुलेन्स प्रयोग गरी लैजान सकिने व्यवस्थासहित एम्बुलेन्स सञ्चालन हुने उपप्रमुख थारुले बताइन् । बालमृत्युदर घटाउन तथा आमा र बच्चालाई स्वास्थ्य राख्न वडाले विभिन्न काम गरेको वडाध्यक्ष जगत जिसीले बताए । वडामा घरमा प्रसूति गराउनेको सङ्ख्या शून्य रहेको जनाउँदै अब गर्भवती तथा सुत्केरीको खानपान रहनसहनमा ध्यान दिन आवश्यक रहेको प्रष्ट पारे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu