Connect with us
Kapilvast Forest

निष्कर्षविहीन बन्यो जसपा शीर्ष नेताहरुको बैठक

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं -वैकल्पिक सरकार गठनबारे छलफल गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराईले जानकारी दिनु भयो ।

लोकतान्त्रिक पार्टीमा फरक–फरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले भोलिसम्म एकीकृत धारणा तय गर्ने जानकारी दिनु भयो ।

 

‘हाम्रो पार्टीको दुई खेमा होइन, फरक–फरक विचारहरु छन् । यो स्वभाविक हो लोकतन्त्रिक पार्टीमा,’ उहाँले भन्नुभयो , ‘संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने भोलि अन्तिम समय छ ।

त्यसकै निम्ति पार्टीका शीर्ष तहमा अनौपचारिक कुराकानी गरेका छौं । छलफल जारी राख्छौं र भोलिसम्म्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका राष्टपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई दिएको तीन दिनको समयसीमा बिहीबार सकिंदैछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu