Connect with us
Kapilvast Forest

वाणिज्य बैंक २७ अर्ब बराबरको चुक्ता पुँजीसहित उदाउँदै

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं – हालसम्मकै ठूलो बैंकको रुपमा हिमालयन एन्ड इन्भेष्टमेन्ट बैंक स्थापित हुने भएको छ । हाल अस्तित्वमा रहेका दुई ठूला वाणिज्य बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक बीच बीग मर्जर भएर हिमालय एन्ड इन्भेष्टमेन्ट बैंक बन्ने भएको हो ।

बिहीबार यी दुई बैंकबीच एकीकृत कारोबार हुने गरी बैंक मर्जरको सहमती भएको छ । राजधानीको ठमेल स्थित छायाँ कम्प्लेक्समा आयोजित कार्यक्रममा हिमालयन बैंकका तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडेले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको छ ।

दुई बैंकको सहमति अनुसार आगामी आर्थिक वर्ष श्रावण १ गतेदेखि एकिकृत कारोबार सन्चालन हुनेछ । मर्जरपछि बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

चैत मसान्तसम्म हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको १६ अर्ब २५ करोड ७३ लाख ३० हजार रुपैयाँ रहेको छ । यस्तै दुवै बैंक एक भएपछि बैंकको जगेडा कोषको आकार १९ अर्ब १४ करोड २९ लाख ८२ हजार रुपैयाँ हुनेछ भने दुवै जोड्दा बैंकको कोर पुँजी ४६ अर्ब ८ करोड ४७ लाख १२ हजार भन्दा बढी हुने देखिन्छ ।

अहिले हिमालयन बैंकको जगेडा कोषमा ६ अर्ब १९ करोड ७८ लाख ३५ हजार रुपैयाँ छ भने इन्भेष्टमेन्टको १२ अर्ब ९४ करोड ५१ लाख ४७ हजार रुपैयाँ रहेको वित्तीय अवस्थामा उल्लेख छ ।

यस्तै दुवै बैंक एक भएपछि बन्ने बैंकको निक्षेप २ खर्ब ९८ खर्ब २० करोड ८१ लाख ३ हजार भन्दा बढी हुने देखिएको छ । यस्तै कर्जा सापटी २ खर्ब ७७ अर्ब ६५ करोड ८१ लाख ७३ हजार रुपैयाँ भन्दा बढी हुने चैत महिनासम्मको तथ्याङ्कले देखाएको छ ।

हिमालयन बैंकले चैत मसान्तसम्म १ खर्ब ३२ अर्ब २४ करोड ९ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २१ अर्ब ५६ करोड ५८ लाख २ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने, इन्भेष्टमेन्ट बैंकले १ खर्ब ६५ अर्ब ९६ करोड ७१ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५६ अर्ब ९ करोड २३ लाख ७१ हजार रुपैयाँ कर्जा लगानी गरेको देखिएको छ ।

चैत मसान्तसम्म हिमालयन बैंकले १ अर्ब २८ करोड ७१ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने इन्भेष्टमेन्ट बैंकले २ अर्ब ८४ करोड ७१ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

लामो समय देखि मर्जरमा जान गृहकार्य भइरहेकोमा यी दुबै बैंकले आफ्ना चलअचल सम्पति तथा दायित्व मूल्याङकन (डीडीए) समेत गरिसकेका छन् । डीडीएले हिमालयन बैंकको प्रतिसेयर मूल्य १०२ रुपैयाँ ५० पैसा र नेपाल इन्भेष्टमेन्ट बैंकको १०० रुपैयाँ रहने देखाएको छ ।

दुबै बैंकको अस्तित्व रहने गरी १ः१ को स्वापमा मर्जरमा जाने सहमति गरेका बैंकहरुले मर्जपछिको सन्चालक समितिमा अध्यक्ष हालका इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे रहने र बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हालका हिमालयन बैंकका सीईओ अशोक राणा रहने गरी सहमति भएको छ ।

यता, हालका इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति पाण्डे भने मर्जरपछि बैंकको डेपुटी सीईओको रुपमा रहनुहुने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu