Connect with us
Kapilvast Forest

रुखबाट खसेर रेडियो मायादेवीका कार्यक्रम प्रस्तोता थारुको निधन

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

कपिलवस्तु-सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जका कार्यक्रम प्रस्तोता सञ्जय थारुको निधन भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ५ कोपवा घर भएका थारुको आँपको रुखबाट खसेर विहीबार निधन भएको हो ।

घरकै आँपको रुखमा आँप टिप्न चढ्नुभएका चौधरी लडेर घाइते हुनुभएको थियो । लगत्तै उहाँलाई उपचारका लागि भैरहवा लगिएको थियो । त्यहाँ अक्सिजनको अभाव भएपछि उहाँलाई पुनः वुटवल उपचारका लागि ल्याउने क्रममा निधन भएको पारिवारलाई उदृत गर्दै पत्रकार सरिता थारुले जानकारी दिनुभयो ।

रुखबाट खसेपछि उहाँको निधार र छातीमा गम्भीर चोट लागेको कारण उहाँलाई रगतको कम थियो भने अक्सिजनको लेवल पनि एकदमै कम रहेको जनाइएको छ ।थारु विगत दुई बर्ष यता रेडियो मायादेवीमा थारु भाषाको साहित्यिक कार्यक्रम ‘मनके लहर’ र ‘ऐना’ सञ्चालन गर्नुहुन्थ्यो । गत बर्ष कोरोना भाइरसको महामारी यता उहाँको रेडियो कार्यक्रम रोकिएको थियो ।

थारु भाषा साहित्यमा राम्रो दख्खल राख्ने थारु सिद्धार्थ क्याम्पसमा अंग्रेजी विषयबाट स्नातक तहमा अध्ययन गरिरहनुभएको थियो ।थारु पत्रकार संघ कपिलवस्तुमा आवद्ध उहाँले यस भन्दा अगाडि सामुदायिक रेडियो बुद्धआवाजमा पनि काम गर्नुभएको थियो । स्वर्गीय थारुको आमा, बुवासंगै एक दाई र एक दिदी हुनुहुन्छ ।

उहाँ धार्मिक गतिविधिमा पनि सक्रिय हुनुहुन्थ्यो । थारु समुदायमा उहाँलाई साँधुको रुपमा चिन्थे । अन्दाजी २४/२५ बर्षीय थारुको निधन प्रति सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले दुःख व्यक्त गरेको छ । रेडियोका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेले एक शोक बक्तव्य जारी गर्दै स्वर्गीय थारु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu