Connect with us
Kapilvast Forest

संक्रमितको घरघरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाका जनप्रतिनिधि संङक्रमितको स्वास्थ्य अवस्था बुझ्न घरघरमा पुगेका छन् । विहिवार वडा १ मा रहेका संक्रमितहरुको अवस्था सहित स्वास्थ्य सामाग्री वितरण गरिएको शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो ।

वडाको बेलौति, बलहुवाडाडा, शिवपुर, मझँगाउ, महुवाबारि, बनकट्टा, सोनपुर , कलौनि डाडा लगाएतका ठाउँमा रहेका संक्रमितहरुलाई परामर्श दिईको छ ।वडामा रहेका नागरिकहरुको स्वास्थ्य अवस्था हेरेर उपचारको विधि अपनाउन लागि घरघरमा पुगेको वडा अध्यक्ष जगत जिसीले बताउनुभयो ।

वडामा अहिले सम्म ५९ जना संक्रमित रहेको र ४८ जना होम आइसुलेसन,१ जना चितवन मेडिकल कलेज र १० जना संक्रमण मुक्त भएको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले बताउनुभयो । संक्रिय संक्रमित मध्ये एक जनाको अवस्था जटिल देखिएको पौडेलले बताउनुभयो ।

कोरोना सँक्रमित सुनौलौ हजार दिनका गर्भवति महिला, स्वास्थ्यकर्मी , ज्येष्ठनागरिक , लगायतकालाई आवश्यक परामर्श र स्वास्थ्य सल्लाह खानपिन , सरसफाई , जोखिमको बारेमा जानकारी प्रदान गरिएको छ । उनीहरुलाई आवस्यक सुरक्षा सामग्री,ओैषधि समेत बितरण गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu