Connect with us
Kapilvast Forest

ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै,शपथ भोलि

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

 

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति नै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको छ । संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा वढी दल मिलेर बहुमतका सरकार बनाउने आज राती ९ बजेसम्मको समय घर्केपछि ७६ (३) अनुसार राष्ट्रपति भण्डारीले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो ।

“संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आव्हान राष्ट्रपतिले गरिसक्नुभएकाले सो समयावधि भित्र कुनै पनि दलहरुले सरकार गठनको दावी नगरेपछि स्वतः ७६ (३) अनुसार अर्को सरकार गठन हुनेछ” उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले सोही धारा टेकेर आज राती नै प्रधानमन्त्रीमा पुनः ओलीलाई नियुक्त गर्ने तयारी गर्नुभएको आफूले जानकारी पाएको उहाँले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

राष्ट्रपति भण्डारीले जेठ २७ गते नै संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आव्हान गर्नुभएको थियो । त्यो समयसीमा अब सकिएको छ । विपक्षी दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा उपेन्द्र यादव पक्ष मिलेर वैकल्पिक सरकार गठनको कसरत गर्नु भएपनि सफल हुन सकेनन् । सरकार गठनका लागि बहुमत सांसद पुयाउन असफल भएपछि प्रतिपक्षी गठबन्धनले सरकार गठनको दावी समेत गरेनन् ।

राष्ट्रपति कार्यालयमा विपक्षी गठबन्धनले सरकार गठनको दावी गर्न नगएपछि स्वतः ठूलो दलको हैसियतले नेकपा ९एमाले० का अध्यक्ष तथा संसदीय दलको नेताको हैसियतले पुनः प्रधानमन्त्रीमा ओली नियुक्त हुन लाग्नुभएको हो । संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा पुनः नियुक्त हुनुहुने अध्यक्ष ओलीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभा बैठकमा बहुमत शिद्ध गर्नुपर्ने संवैधानिक प्रवधान छ ।

यसअघि २७ गतेको प्रतिनिधिसभा बैठकमा जसपाका महन्थ ठाकुर पक्ष तटस्थ बसेपनि ३० दिन भित्र लिइने विश्वासको मतमा ठाकुर पक्षले विश्वासको पक्षमा मतदान गर्नुहुनेछ । एमालेको १२१ र ठाकुर पक्षको १९ सांसदले विश्वासको मत दिएमा प्रधानमन्त्रीको पक्षमा १४० मत पुग्नेछ । आज अध्यक्ष ठाकुर र नेता महतोको पक्षमा १९ जना सांसद भुक्तपुरमा भेला हुनु भएकाे थियाे ।

बहुमत सिद्ध गर्न अहिलेको २७५ सांसदमध्ये १३८ मत पु-याउनुपर्ने हुन्छ । यसअघि एमाले नेता माधवकुमार नेपाल पक्षका सांसदहरु असन्तुष्ट हुँदै सामुहिक राजीनामा दिने चेतावनी दिनुभए पनि आज भएको अध्यक्ष ओली र नेता नेपालबीचको बार्ता सकारात्मक भएपछि एमाले एक ढिक्का भएको छ । अव बन्ने सरकारमा अध्यक्ष ठाकुर पक्षले पनि सहभागीता जनाउने विश्वास एमालेका नेताहरुको छ । प्रधानमन्त्री ओलीको भोलि पद तथा गोपनीयताको शपथ हुने नेता नेम्वाङले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu