Connect with us
Kapilvast Forest

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

aantarik-udan.jpg
प्रतिनिधिमुलक तस्विर

काठमाडौँ — कोरोना महामारीका कोरण दर्साउदै नागरिक उड्डयन प्राधिकरणले व्यवसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीको कारण दर्साउँदै अर्को सूचना नआउञ्जेलसम्मका लागि आन्तरिक उडान बन्द गरिएको जनाएका छन् ।

सरकारले वैशाख २० गतेदेखि आन्तरिक उडानमा रोक लगाएको थियो । तर प्राधिकरणले आन्तरिक रुटमा भने आपतकालीन उद्धार, कार्गो तथा हेलिकप्टर चार्टरलाई भने परिस्थिती अनुसार अनुमति दिइने जनाएको छ ।

प्राधिकरणले मंगलबार दोस्रोपटक सूचना निकाल्दै नेपालबाट र नेपालका लागि हुने सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडान जेठ १७ गते राति ११:५९ बजेसम्मलाई रोकेको छ । यसअघि स्थानीय सरकारले निषेधाज्ञा लागू गरेकाले वैशाख २३ गते राति ११:५९ बजेदेखि वैशाख ३१ गते शुक्रबार रातिसम्म गरी ८ दिनका लागि व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu