Connect with us
Kapilvast Forest

गुल्मीका पत्रकारहरुद्वारा अस्पताललाई अक्सिजन हस्तान्तरण

२०७८, २ जेष्ठ आईतवारमा प्रकाशित

गुल्मी-नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला अस्पताललाई शनिवार २० वटा अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरेको छ । महासंघले वैशाख २५ गतेदेखि अक्सिजन अभियान सञ्चालन गरेर देशविदेशबाट सहयोग रकम संकलन गरी पहिलो चरणमा खरिद गरिएको २० वडा सिलिन्डर जिल्ला अस्पतालाई हस्तान्तरण गरिएको हो ।

लाख मुल्यमा बुटवलको लुम्बिनी अक्सिजन उद्योगबाट मगाइएको उक्त सिलिन्डर हस्तान्तरण गरिए पछि त्यस अस्पतालमा अब ६८ भरी अक्सिजनसहितका सिलिन्डर स्टक रहेको त्यस अस्पतालका मेसु डाक्टर उक्तम पाच्याले बताउनु भयो ।

उहाँले गुल्मी जिल्लाका पत्रकारहरुले यो विपदमा अत्यन्तै सह्रानिय काम गरेको भन्दै धन्यवादसमेत दिनु भयो । हस्तान्तरण पछि नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले आफुहरुले अभियान सुरु गरे देखि हालसम्म अस्पताललाई अक्सिजनको अभाव हुन नदिएको र आगामी दिनमा पनि अभाव हुन नदिने गरि सक्रिय भएको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu