Connect with us
Kapilvast Forest

बिरामीबाट बढी रकम असुल्ने जस्मिन हस्पिटल बन्द

२०७८, २ जेष्ठ आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तु- कपिलवस्तुको चन्द्रौटामा रहेको जस्मिन हस्पिटलको सेवा प्रबाहलाइ बन्द गर्न निर्देशन दिएको छ ।आइतवार शिवराज नगरपालिका चन्द्रौटाले जस्मिन हस्पिटल प्रालिलाई बन्द गर्न निर्देशन दिएको छ । हस्पिटलले विरामी सेवाग्राहीबाट बढी रकम असुली गरेको भन्ने जनगुनासो आएपछि सरोकारवाला निकायले अनुगमन गर्दा केहि कागजात नभएको भन्दै हस्पिटल बन्द गर्न निर्देशन दिएको शिवराज नगरपालिकाले जनाएको छ ।
इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नेत्र प्रसाद शर्माको नेतृत्वमा अनुगमन टोलि हस्पिटलको आइतबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा एन.एम.सी नम्बर नभएको, मुल्य सुचि नराखेको, खरिद बिल खरिद खाता नराखेको, विक्री बिल जारी नगरेको, फार्मेसीमा फर्माष्टिस नराखेको, म्याद गुज्रिएको औषधि स्टोर नगरीएको, खरीद मुल्य र एम आरपीसग समाज्यस्य्ता नरहेको र अत्यधिक बढी मुल्यमा औषधि विक्री गरेको पाइएकाले हस्पिटल बन्द गर्न निर्देशन दिएको छ । हस्पिटलमा तीन जना विरामी भर्ना रहेकोले तीन दिन भित्र डिस्चार्ज गरि बन्द गर्न निर्देशन दिइएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नेत्र प्रसाद शर्माले जानकारी दिनु भयो । साथै आजै देखि हस्पिटलको सेवा बन्द गर्न निर्देशन दिइएको उहाले बताउनुभयो ।
तोकिएको दररेट भन्दा अत्यधिक बढी रकम लिएको र भुक्तानी विल नभएकोले कार्वाही प्रक्रिया अधि बढेको शिवराज नगरपालिकाका उपप्रमुख शिव कुमारी चौधरीले जानकारी दिनु भयो ।
हस्पिटलका कर्मचारी पक्राउ गर्न निर्देशन ।।
अनुगमन टोलिलाई अवरोध गरी अभद्र ब्यवहार गरेको हस्पिटल दुई कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन गरेको छ । आफुलाई हस्पिटलको डाक्टर बताउने रोशनी नेपाली र ज्योति नेपालीलाई पक्राउ गर्ने शिवराज नगरपालिकाले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu