Connect with us
Kapilvast Forest

दातृ निकायको आर्थिक सहयोगमा स्वास्थ्य सुरक्षा सामग्री वितरण

२०७८, १ असार मंगलवारमा प्रकाशित

 कपिलबस्तु- कपिलबस्तुको एक दातृ निकायको आर्थिक सहयोगमा कपिलबस्तुका स्थानीय पालिकाहरुलाई कोरोना भाइरस (कोभिड १९) सम्बन्धि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । दातृ निकाय नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ, एन.ए.बी.पी.,नर्बे (Norwegian Association of the Blind and Partially Sighted –NABP,Norwey)को आर्थिक सहयोग र नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजको आयोजनामा कपिलबस्तका ४ वटा स्थानीय पालिकाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

कपिलबस्तु जिल्लाका बिजयनगर गाउँपालिका,शुद्धोदन गाउँपालिका,मायाँदेबी गाउँपालिका र यशोधरा गाउँपालिकालाई व्यक्तिगत सुरक्षा सामग्रीहरु (Personal Protective Equipment -PPE ) मास्क र सेनीटाइजर वितरण गरिएको हो । बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीलाई संयुक्त रुपमा २ हजार थान सर्जिकल मास्क र ५ लिटरको सेनीटाइजर अस्पतालका प्रशासक जसराज विश्वकर्माले हस्तान्तरण गर्नु भयो ।

त्यसैगरी शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष सुधादेबी पाण्डे र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई पनि सोही परिमाणमा सर्जिकल मास्क तथा सेनीटाइजर हस्तान्तरण गरियो भने मायाँदेबी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी र उपाध्यक्ष गीता तिवारीलाई तथा यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेलाई दुई÷दुई हजार थान सर्जिकल मास्क र पाँच÷पाँच लिटरको दरले सेनीटाइजर हस्तान्तरण गरिएको छ ।

कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियन्टको संक्रमणको रोकथाम,उपचार र व्यवस्थापन गर्नमा स्थानीय सरकारलाई थोरै भए पनि केही टेवा पुर्याउने उद्देश्यले सो स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वर्माले बताउनु भएको छ । साथै उहाँले केही दिनभित्र कपिलबस्तु जिल्लाका अन्य ६ वटा नगरपालिकालाई पनि यस्तै किसिमको स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिने कार्यक्रम रहेको समेत बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu