Connect with us
Kapilvast Forest

पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

२०७८, २ असार बुधबारमा प्रकाशित

pahiro
प्रतिनिधिमुलक तस्विर

पाल्पा-पाल्पाको रिब्दीकोट गाउँपालिका(४ मन्छिपमा मंगलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ।स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिराले घर पुरिँदा उहाँका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरी चौकी हार्थोक र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल पठाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले पुष्टि गर्नु भयो ।

शव परीक्षण गरी शव आफन्तलाई बुझाइएको छ। घटनास्थलको मुचुल्का बनाई क्षतिको विवरण लिने कार्य भइरहेको हार्थोक प्रहरी चौकीका प्रमुख कृष्ण रेग्मीले जानकारी दिनु भयो । लगातारको वर्षाका कारण ग्रामीण भेगका धेरै घर जोखिममा परेका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu