Connect with us
Kapilvast Forest

बाढीले बगाउँदा दुई जनाको मुत्यु, पहिरोले सडक खण्ड अवरुद्ध

२०७८, २ असार बुधबारमा प्रकाशित

 

सल्यान- अविरल वर्षापछि आएको पहिरोले राप्तीलोक मार्ग अवरुद्ध भएको छ । सडक माथिबाट ठूलो ढुङ्गासँगै पहिरो आएपछि दाङ–सल्यान सडकखण्ड अन्र्तगतको राप्ती राजमार्ग मंगलबार साँझदेखि अवरुद्ध भएको हो ।

कपुरकोट गाउँपालिका ३ दसरेमा सडकमाथिबाट आएको पहिरोले सडक पुरिदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको छ । उहाँका अनुसार निरन्तर वर्षा भैरहेको र सडकमा पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालनमा समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा दाङ्ग, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिमको आवागन बन्द भएको छ । सडकमा एक सय सवारी साधन रोकिएका छन् ।
यस्तै अविरल वर्षाका कारण कपुरकोट गाउँपालिका ३ बसरीका शोबिर डाँगीको परिवार विस्थापित भएका हुन । वर्षाले घरमाथिबाट आएको पहिरोले घर जोखिममा परेपछि उक्त परिवार विस्तापित भएका छन् ।

पहिरोले डाँगीको दाउरा राख्ने कटेरो र शौचालय बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । विस्तापित ५ जनाको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरी चौकी कपुरकोटका याम बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाका अनुसार सुरक्षित स्थानान्तरण गरिएको परिवारलाई दुई वटा त्रिपाल समेत हस्तान्तरण गरिएको छ ।

सल्यानमा अविरल वर्षापछि आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।दार्मा गाउँपालिका ४ रतिखोलाका ४० वर्षीया विरमान वि.क. को लतात मसानघाट खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दार्मा गाउँपालिकाका ५ की गीता खड्का गाउँकै ठुलो खोलामा मृत्त फेला परेको छ । सोमबार घरबाट निस्किएकी खड्का घर नफर्किए पछि खोजतलास गर्ने क्रममा खोलामा मृत्त फेला परेको हो । दुवैजनाको शव पोष्टमार्टमका लागि सल्यान अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu