Connect with us
Kapilvast Forest

उपचारको लागि पूर्वप्रधानमन्त्री खनाल दिल्ली प्रस्थान

२०७८, २ असार बुधबारमा प्रकाशित

 

काठमाडौं-पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको परिवारबाट थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पताल लैजाने निर्णय भएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

उनी बुधबार साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली प्रस्थान गरेका हुन् नर्भिक अस्पतालमा रहँदा उनको अवस्था स्थिर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो ।

उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो ।
उनको ज्वरो उल्लेख्य घट्न सकेको थिएन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो ।

उनलाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो । २ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो ।

दिल्ली उड्नुअघि पनि उनमा निरन्तर खोकी लागिरहेको पनि अस्पतालको विज्ञप्तिमा उल्लेख छ । अस्पतालले भनेको छ, ‘शरीर समेत शिथिल देखिन्थ्यो, उहाँ कामिरहनुभएको थियो । चिकित्सकहरुले कोभिड हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन् ।’

मूलत नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताए ।
डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो ।

यसैबीच खनालले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै सफल उपचार पछि आफू स्वदेश फर्केर सबै माझ पुनः हुने विश्वास लिएका छन् । उनले पार्टीलाई फुटबाट जोगाउन तथा एकताबद्ध पार्न पनि सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu