Connect with us
Kapilvast Forest

९६ किलो लागुऔषध गाँजासहित ५ जना पक्राउ

२०७८, २ असार बुधबारमा प्रकाशित

pakrau-

 

मकवानपुर-मकवानपुरको हेटौंडाबाट ९६ किलो ४ सय ग्राम लागुऔषध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्ग स्थित हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोडबाट प्रहरीले उक्त परिमाणको लागुऔषध गाँजासहित कन्टेनर र ५ जनालाई पक्राउ गरेको हो ।

मंगलबार राती १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले ना।२ ख ५५७९ नम्बरको कन्टेनर गाडीमा लुकाईछिपाई ल्याइको लागुऔषध गाँजा ९६ किलो ४ सय ग्रामसहित ५ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कन्टेनरका चालक मनहरी गाउँपालिका वडा नम्बर–६ का २५ वर्षीय सन्तोष आलेमगर, सह–चालक सोही ठाउँ बस्ने बर्ष २१ को मोसा घलान र सो कन्टेनरमा सवार कैलाश गाउँपालिका वडा नम्बर–८ भार्ता बस्ने वर्ष २४ का उमेश लामालाई, सोही स्थान बस्ने बर्ष २९ का रोशन मोक्तान र चितवन राप्ती नगरपालिका वडा नम्बर–२ बस्ने बर्ष ३१ का बिष्णु लामा रहेको प्रहरीले जनाएको छ ।

बिशेष सूचनाको आधारमा मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको उक्त कन्टेनरलाई हेटौंडा–११थानाभ¥याङमा रोक्न खोज्दा नरोकी फरार भएको र प्रहरी टोलीले उक्त कन्टेनरको हेटौंडा–१० मेनरोड (भुटनदेवी मोड)बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त कन्टेनर चेकजाँच गर्दा कन्टेनरको केविनमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा लागुऔषध गाँजा ९६ किलो ४ सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्ति, लागुऔषध गाँजा र कन्टेनरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रवक्ता रिमालले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu