Connect with us
Kapilvast Forest

पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित निको भए

२०७८, २ असार बुधबारमा प्रकाशित

corona-test.jpeg

काठमाडौं-पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४३ हजार ५२१ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२८ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पिसिआर र एन्टीजेन गरी १३ हजार २२ जनामा गरिएको परीक्षणमा २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पिसिआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार १४ जना र एन्टीजेटमार्फत ८१४ जना संक्रमित पुष्टि भएका हुन्।पछिल्लो २४ घण्टामा देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५५८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu