Connect with us
Kapilvast Forest

इटाली युरोकप फुटबलको नकआउट चरणमा

२०७८, ३ असार बिहीबारमा प्रकाशित

एजेन्सी- इटाली जारी युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्वीट्जरल्याण्डलाई ३-० गोलले पराजित गर्दै इटाली समूह ए बाट नकआउट चरणमा प्रवेश गरेको हो ।

ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । सिरो इमोबाइलको नाममा एक गोल रह्यो ।लगातार दोस्रो जित निकालेको इटालीले २ खेलमा ६ अंक जोडेको छ । इटाली समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो ।

समूहको तेस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डको यो पहिलो हार हो । स्वीट्जरल्याण्डले २ खेलमा १ अंक जोडेको छ । उसले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu