Connect with us
Kapilvast Forest

केही घण्टाअघि सुरुङ बन्द गर्दा ठूलो दुर्घटनाबाट बच्यो मेलम्ची आयोजना

२०७८, ३ असार बिहीबारमा प्रकाशित

काठमाडौं – मेलम्ची आयोजनाको सुरुङभित्र प्राविधिक पठाएर सुपरीवेक्षण गर्नका लागि लागि मंगलबार विहान ११ बजे सुरुङको गेट बन्द गरियो । अम्बाथानबाठ खोलाको पानी खोलातर्फ नै सोझ्याइयो । तर, त्यसको ७ घण्टा नबित्दै मेलम्ची खोलाको मुहान भेगमा ठूलो पहिरो गयो र केही बेर खोला थुनिन पुग्यो ।

उद्घाटन भइसकेपनि मेलम्ची आयोजनामा बाँध र बालुवा छान्ने संयन्त्र ९डिसेन्डर० निर्माणको अन्तिम चरणको काम भइरहेकै थियो । खोला थुनिएको पत्तो नपाएका मजदुरहरु काममै व्यस्त थिए ।
तर, साँझ ७ बजेतिर एकाएक मेलम्चीमा लेदो माटो, काठ, ढुंगासहित ठूलो बाढी आएर मेलम्चीको बाँधसहित डिसेन्डर बनेको क्षेत्र ढाक्न पुग्यो । त्यसक्रममा काम गरिरहेका केही श्रमिकलाई बगाएको यकीन भइसकेको छ ।

 

आयोजनाकाअनुसार अहिलेसम्म चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले आफ्ना तीन कामदार हराएको जानकारी दिएको छ भने हाइड्रोमेकानिकल गेटको काम गरिरहेको भारतीय कम्पनीले पनि ३ जना श्रमिक हराएको बताएको छ ।

स्थानीयले आयोजनामा काम गर्ने २ जना श्रमिक पनि सम्पर्कमा नआएको बताएका छन् । त्यसकाआधारमा आयोजनाले ८ जना श्रमिक बेपत्ता भएको ठहर गरेको छ । बुधबार नेपाली सेनाले हेलिकोप्टोमार्फत आयोजनाका ७६ श्रमिकको उद्धार गरेर काठमाडौं र धुलिखेलमा ल्याइएको छ ।

बाढीले मेलम्चीको हेडवक्र्स क्षेत्रलाई ढुङ्गा, बालुवा र लेदोले पुरेको छ । बाँधमा कति क्षति पुर्‍याएको छ भन्ने यकीन भइसकेको छैन । तर, पानी प्रशोधन गर्ने संयन्त्रमा भने ठूलो क्षति नपुगेको आयोजनाका एक प्राविधिक अधिकारीले जानकारी दिनुभयो ।

‘दिनभर हामीले हेलिकोप्टोरबाट अनुगमन गर्‍यौं, सुरुङभित्र क्षति पुगेको छैन भन्नेमा विश्वस्त छौं,’ उहाँले भन्नुभयो ’तर, बाँधको संरचना त्यहाँ देखिन्छ, तर भौतिक रुपमा कस्तो अवस्थमा छ भन्न गाह्रो छ ।’
आयोजनाले विज्ञप्ति नै जारी गरेर मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको जानकारी दिएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको बताएको छ ।

आयोजना ती प्राविधिकका अनुसार आयोजना मंगलबार सुरुङको गेट बन्द गर्नु सौभाग्य हुन गएको बताउनुभयो । एक्कसी आएको बढी सुरुङभित्र पसेको भएर हुने क्षतिको अनुमान पनि गर्न नसकिने उहाँले बताउनुभयो ।
‘त्यस्तो बाढी सुरुङभित्र पसेको भएर आयोजनाको भविष्यमाथि नै प्रश्न उठ्न सक्थ्यो,’ उहाँे भन्नुभयो ’ठूलो दर्घटना त भयो नै, त्यो भन्दा कयौं ठूलो समभावित दुर्घटना संयोगले नै टरेको छ ।’
ती प्राविधिक अधिकारीले केही घण्टाअघि मेलम्चीको सुरुङ बन्द गर्नु सौभाग्य सावित भएको बताउनुभयो ।

खानेपानी मन्त्रालयका पूर्वसचिव माधव बेल्वासेले पनि यदि मेलम्चीको सुरुङले बाढीको समाना गर्नुपरेको भए धेरै जटिलता थपिने समाजिक सञ्जालमार्फत बताउनुभएको छ । उहाँले लेख्नुभउको छ ’मेलम्ची सुरूङ परीक्षण सम्पन्न गर्ने क्रममा बाढीको प्रकोपभन्दा एक दिन अगाडि बन्द गर्ने निधो गरिनुमा भगवान पशुपतिनाथको कृपा जस्तो लाग्छ, अहिले सुरूङ सञ्चालनमा हुदों हो त धेरै जटिलता थपिने थिए ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu