Connect with us
Kapilvast Forest

टर्कीविरूद्ध वेल्सको शानदार जित

२०७८, ३ असार बिहीबारमा प्रकाशित

एजेन्सी- युरोकप फुटबलमा वेल्सले टर्कीविरूद्ध शानदार जित हात पारेको छ ।बुधबार राति सम्पन्न खेलमा खेलमा टर्कीलाई २-० गोलले हराउँदै वेल्सले पहिलो जितसमेत हासिल गरेको छ ।

बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे । खेलको ४३औं मिनेटमा राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए ।

खेलको इन्जुरी समयको पाँचौ मिनेटमा रोबर्ट्सले गोल गर्दै वेल्सलाई २-० को जित दिलाए ।जितसँगै समूह ‘ए’ को वेल्सले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा पुगेको छ ।

टर्कीको यो लगातार दोस्रो हार हो । टर्कीलाई पहिलो खेलमा इटालीले ३–० ले हराएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu