Connect with us
Kapilvast Forest

उपत्यकामा घट्दै संक्रमित, अस्पतालमा खाली हुँदै बेड

२०७८, ३ असार बिहीबारमा प्रकाशित

 

काठमाडौं-कोरोनाभाइरस कोभिड–१९ बाट सङ्क्रमण हुनेको सङ्ख्यामा कमि आएसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा बेड खाली हुन थालेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका विभिन्न सरकार र निजी अस्पतालहरुमा जेनेरल–एचडीयू, आइसीयू र भेन्टिलेटर बेड खाली हुन थालेको हो ।

उपत्यकाका सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र नेपाल प्रहरी अस्पतालमा जेनेरल–एचडीयू, आइसीयू र भेन्टिलेटर बेड खाली हुन थालेको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो केही दिनको तथ्याङ्क हेर्ने हो भने नेपालमा कोरोना सङ्क्रमित हुने भन्दा निको हुने सङ्ख्यामा वृद्धि भएको छ । त्यस्तै मृत्यु हुने दर पनि कम भएको छ । निको हुने दर ८८.४९ प्रतिशत रहेको छ भने १.३९ प्रतिशत मृत्यु दर र १०.१२ प्रतिशत सङ्क्रमण दर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबारसम्मको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने यी अस्पतालहरुमा १७ सय ९ जेनेरल–एचडीयू, १६१ आइसीयू र १०१ भेन्टिलेटर बेडहरु खाली भएका छन् ।

जसमध्ये सशस्त्र प्रहरी अस्पतालमा रहेको १८० वटा जेनेरल–एचडीयू बेडमध्ये ९२ बेड खाली छन् । साथै २० वटा आइसीयू बेडमा ६ वटा र ९ वटा भेन्टिलेटर बेडमध्ये एक बेड खाली भएको छ । वीरेन्द्र अस्पतालमा २२० जेनेरल–एचडीयू बेडमध्ये १४५, २० आइसीयू बेडमध्ये दुई र आठ वटा भेन्टिलेरमध्ये तीन बेड खाली छन् । नेपाल प्रहरी अस्पतालमा २३० जेनेरल–एचडीयू बेडमध्ये १०१ बेड खाली भएका छन् । साथै ३० आइसीयू बेडमध्ये चार बेड र २० वटा भेन्टिलेर बेडमध्ये सात वटा बेड खाली भएका छन् ।

वीर अस्पतालमा रहेको १५३ वटा जेनेरल–एचडीयू बेडमध्ये ५१ वटा, ३५ वटा आइसीयू बेडमध्ये १७ वटा र १० वटा भेन्टिलेटर बेडमध्ये दुई वटा बेड खाली भएका छन् ।
राष्ट्रिय ट्रमा सेन्टरमा १४३ जेनेरल–एचडीयू बेडमध्ये १४१ बेड खाली छन् । १२ आइसीयूमध्ये ६ बेड र ६ वटा भेन्टिलेटर बेड खाली छन् । शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा एक सय जेनेरल–एचडीयू बेडमध्ये ५३ बेड, २८ आइसीयू बेडमध्ये ७ र २२ भेन्टिलेटर बेडमध्ये ६ बेड खाली रहेको छ । त्रिवि शिक्षण अस्पतालमा ३३९ जेनेरल–एचडीयू बेडमध्ये २२२, ५१ आइसीयू बेडमध्ये एक र ३१ भेन्टिलेटर बेडमध्ये ६ वटा बेड खाली रहेको छ । पाटन अस्पतालमा २७० जेनेरल–एचडीयू बेडमध्ये १६४ बेड, ३० आइसीयू बेडमध्ये १० बेड र १५ भेन्टिलेर बेडमध्ये पाँच बेड खाली रहेको छ । निजामती कर्मचारी अस्पतालमा रहेको ८५ जेनेरल–एचडीयू बेडमध्ये ४५ बेड, १५ आइसीयू बेडमध्ये तीन बेड र ६ वटा भेन्टिलेटर बेड खाली रहेका छन् ।

भक्तपुर अस्पतालमा रहेको ७३ जेनेरल–एचडीयू बेडमध्ये ५९ बेड र तीन भेन्टिलेटर बेडमध्ये एक बेड खाली रहेका छन् । भक्तपुर अस्पतालमा आइसीयू बेड खाली छैन । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा रहेको १८९ वटा जेनेरल–एचडीयू बेडमध्ये १६० वटा बेड खाली रहेको छ ।

त्यस्तै मनमोहन अस्पतालमा रहेको ५० वटा जेनेरल–एचडीयू बेडमध्ये ३९ बेड खाली भएका छन् । त्यस्तै २१ आइसीयू बेडमध्ये १७ वटा र १२ वटा भेन्टिलेटर बेडमध्ये ११ वटा बेड खाली रहेका छन् । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा रहेका ८५ वटा जेनेरल–एचडीयू बेडमध्ये ६० वटा, २० वटा आइसीयू बेडमध्ये पाँच वटा र ११ वटा भेन्टिलेटर बेडमध्ये ९ वटा बेड खाली भएका छन् । काठमाडौं मेडिकल शिक्षण अस्पतालमा रहेका २४५ वटा जेनेरल–एचडीयू बेडमध्ये २३९ बेड, ५५ वटा आइसीयू बेडमध्ये ५० र २५ वटा भेन्टिलेटर बेडमध्ये २२ वटा बेड खाली भएका छन् ।

यसैगरी किस्ट अस्पतालमा रहेका १०५ जेनेरल–एचडीयू बेडमध्ये ८४ वटा, २० वटा आइसीयू बेडमध्ये १० वटा र १५ वटा भेन्टिलेटर बेडमध्ये १३ वटा बेड खाली छन् भने धुलिखेल अस्पतालमा रहेका ८४ वटा जेनेरल–एचडीयू बेडमध्ये ७६ वटा, ६४ वटा आइसीयू बेडमध्ये २१ र ८ वटा भेन्टिलेटर बेडमध्ये चार वटा बेड खाली भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

यी अस्पतालहरुमा रहेको जेनेरल–एचडीयू बेडामा ८४२ जना सङ्क्रमित बिरामी उपचाररत रहेका छन् । साथै २६६ जना आइसीयूमा र एक सय जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
त्यसोत बुधबार दुई हजा ८२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साथै तीन हजार ८२ जना सङ्क्रमण मुक्त भएका छन् भने ५२ जनाले सङ्क्रमणकै कारण ज्यान गुमाउनु परेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu