Connect with us
Kapilvast Forest

पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार

२०७८, ३ असार बिहीबारमा प्रकाशित

 

काठमाडौं- नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार शुरुभएपछि स्वास्थ्य अवस्था सामान्य बन्दैगएको छ । खनाललाई बुधबार नेपाल बायु सेवा निगमको जहाजबाट उपचारका लागि नयाँ दिल्लीस्थित अपोलो अस्पताल लगेर भर्ना गरिएको थियो ।

नेता खनाललाई बुधबार साँझ अस्पताल भर्ना गरिए पनि उहाँको नियमित उपचार आज विहिबारबाट शुरु गरिएको उहाँको सचिवालयले जनाएको छ । सचिवालय सदस्य चन्द्र लामाकाअनुसार रगतमा देखिएको हेमोग्लोविनको कमी हटाउनेबारेमा चिकित्सकले उपचार शुरु गर्नुभएको छ ।

लामो समयसम्म ज्वरो आउने र नियमित खोकी लाग्ने समस्या देखिएपछि नेता खनाललाई जेठ ३१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यहाँ रहँदासम्म स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेपछि परिवारका सदस्यको आग्रह र चिकित्सकको सल्लाहअनुसार उहाँलाई थप उपचारका लागि बुधबार भारतको नयाँ दिल्ली लगिएको थियो ।

एक महिनाअघि नेता खनाललाई कोभिड पोजेटिभ भएको र कोभिड ठीक भएपनि अन्य समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । अपोलो अस्पतालमा नेता खनालसँगै जानुभएका चिकित्सक डा. सुदिप अमात्यले सचिवालयका सदस्यहरुलाई दिनुभएको जानकारीअनुसार नेता खनालको स्वास्थ्यमा केही सुधार भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu