Connect with us
Kapilvast Forest

कर्णाली राजमार्गका ठाउँ–ठाउँमा पहिराे

२०७८, ३ असार बिहीबारमा प्रकाशित

pahiro

कालीकोट – लगातारको वर्षापछि कर्णाली राजमार्गकाे सुर्खेत–जुम्ला सडक खण्डमा अवराेध भएकाे छ । ठाउँ–ठाउँमा पहिरो खस्दा सडकमा अवराेध भएकाे हाे ।

दैलेखको किटु, कालीकोटको गगने खोला, हुल्म, सुनार खोला, पिली सेराबाड, खल्लागाड, भिग्मलगायत ठाउँमा पहिरो खसेको छ । सडकमा अवराेध हुँदा कालीकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेका गाडी बाटोमै रोकिएका छन् ।

 

यसअघि गएकाे मङ्गलवार पहिरो पन्छाए पनि वर्षा नरोकिएकाले राजमार्गमा फेरि अवराेध भएकाे प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । वर्षाले ठाउँ–ठाउँमा पहिरो खसेपछि जिल्लाका अधिकांश ग्रामीण सडक बन्द भएका छन् ।

पानी परेपछि पहिरो झरिहाल्ने समस्या बढी भएकाे र पूर्वतयारी गर्न नसकिए फेरि विपद्ले सताउने हुँदा अहिले जिल्ला विपद् व्यवस्थापन समिति पूर्वतयारीमा लागिरहेको प्रजिअ आचार्यले बताउनुभयो ।

यसैबीच दुई हप्ताअघि कालीकोट पुग्नु भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सहभागितामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गएकाे वर्ष जिल्लाभर भत्किएका एक हजार एक सय घर निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ । यसका लागि प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै कर्णाली प्रदेश सरकारले बाढी–पहिरोजस्ता विपद् प्रतिकार्यका लागि १० करोड रुपैयाँ बजेट छुट्ट्याउने भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu