Connect with us
Kapilvast Forest

मुटुमा चिरा पर्‍या छ,भाइरल भएपछि उही शैलीमा ‘धुरुरु

२०७८, ९ असार बुधबारमा प्रकाशित

काठमाडौं-१० महिनाअघि बादल थापाको शब्द, संगीत र स्वर रहेको गीत ‘दुई अक्षरको माया’ बजारमा आयो । सामान्य भिडियोसहित युटुबमा अपलोड भएको गीतको ‘हेर यो मुटुमा चिरा पर्‍या छ‘’ भन्ने लाइन ‘भाइरल’ भयो ।

छोटो समयमै गीतको अडियो चर्चित बनेपछि चिरञ्जीवि सापकोटा, बादल र सिर्जन बरालको टिमले ‘चिरा पर्‍या छ।।’ टाइटलमा अफिसियल भिडियो बनायो । चिरञ्जीवि र रोशनी कार्कीको अभिनय रहयो । सिर्जनले भिडियो निर्देशन गर्नु भयो । भिडियो चल्यो । यो टिमले गीतको फिमेललगायत अन्य भर्जन पनि ल्यायो ।

संगीत क्षेत्रमा क्रियाशील बादलले फेरि उस्तै प्रकारको गीत ल्याउनुभएको छ र उही शैली अपनाउनुभयो । आफ्नै शब्द, संगीत र आवाज रहेको ‘धुरुरु’ बोलको गीत थापाले दुई साताअघि नै सार्वजनिक गरे । ‘चिरा पर्‍या छ‘’ जस्तै अडियो भाइरल भयो ।

अडियो चर्चित भएपछि यो गीतको अफिसियल भिडियो पनि चिरञ्जीविकै टिमले तयार गरी बजारमा ल्याएको छ । सिर्जन बरालले नै निर्देशन गरेको भिडियोमा नायकका रुपमा चिरञ्जीवि नै हुनुन्छ । उहाँको साथमा शिशिर भण्डारी, कृष्टिना केसी र सुवास बजगाईं रहनुभएको ।

‘धुरुरु’ गीतको ‘बाहिर त हाँसे मुसुमुस, भित्र धुरुरु, कहाँबाट खस्यो आँसुका थोपा चुहिएछ तुरुरु,’ लाइन चर्चित भएको छ । यो भिडियो अहिले युटुबको ट्रेन्डिङमा छ । ‘धुरुरु’मा प्रेम सम्बन्धमा दरार आएपछिको कथा उतारिएको छ ।

https://www.youtube.com/watch?v=NMFJTomxd5A

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu