Connect with us
Kapilvast Forest

को होला त्यो ट्रेण्डिगंको एक नम्बरमा

२०७८, १६ असार बुधबारमा प्रकाशित

काठमाडौँ – लोकप्रिय लोकपप गायक सुनिल गिरीको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सन ट्रेण्डिगंको शिर्ष स्थानमा उक्लिएको छ । आकर्षक भिडियो सहित रिलिज गरिएको भिडियो छोटो समयमा नै ट्रेण्डिगं नम्बर एकमा उक्लिन सफल भएको हो ।

यो समाचार तयार पार्दासम्म सार्वजनिक गीतको भिडियो २४ लाख अन्ठाउन्न हजार बढी दर्शकको नजर परिसकेको छ । सुनिलकै शब्द, संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज छ ।

भिडियोमा अभिनेता पल शाह र अभिनेत्री प्रकृति श्रेष्ठको अभिनय देख्न सकिन्छ । अनिल कृष्ण मानन्धरको छायाँंकन र निर्देशन रहेको भिडियोमा सम्पादन र कलरिगं मनोज कार्कीले गरेका छन् ।

सार्वजनिक गीतमा टिकटक बनाउनेलाई २५ हजार नगद उपलब्ध गराइने गायक गिरीले जानकारी दिनु भयो । टिकटकमा आएको सर्वाधिक भ्यूज, लाइक कमेन्टका आधारमा उत्कृष्ट एकलाई पुरस्कृत गरिने निर्माण यूनिटले जनाएको छ । उक्त रकम प्रायोजक क्रिपा सनफ्लावर आयलले उपलब्ध गराउनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu