Connect with us
Kapilvast Forest

निःशूल्क आखा तथा पाठेघर जाच शिबिर ,५ सय बढीको जाच

२०७८, २२ असार मंगलवारमा प्रकाशित

प्रतिनिधि मुलक तस्विर

कपिलवस्तु –कपिलवस्तु नगरपालिकाका छुट्टा छुट्टै २ स्थानमा नि:शुल्क आखा तथा महिलाहरुकोलागि पाठेघरको पाठेघरको निःशुल्क जाच तथा स्क्रीनीङ शिबिर संपन्न गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्र्गत कपिलवस्तु नगरपालिकाको सहयोगमा विकासका लागि जनचेतना कपिलवस्तुले सो शिबिर राखेको हो ।

दुई दिने शिबिर अन्र्गत पहिलो दिन तौलिहवा स्थित नेपाल परिवार नियोजन संघको कार्यालय तथा दोश्रो दिन नगरपालिका वडा नम्बर ९ स्थित स्वास्थ्य चौकीमा शिबिर संपन्न भएको कार्यक्रम संयोजक अनिल क्षेत्रीले बताउनु भयो । परिवार नियोजनमा १ सय ७० जनाको आखा जाच तथा १ सय ४० जना महिलाको पाठेघर जाच गरिएको क्षेत्रीले बताउनु भयो ।

यस्तै स्वास्थ्य चौकीमा १ सय ९०जनाको आखा जाच तथा १ सय ७०जनाको पाठेघर परिक्षण गरिएको थियो । शिबिरको उदघाटन गर्दै नगरपालिकाकी उप मेयर लक्ष्मी गुप्ता साउले शिबिरबाट आखाका रोगी र पाठेघरको समस्या भएका महिलाहरु लाभांविन हुने बताईन । नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको उहाँले बताउनु भयो ।

मरोजगार कार्यक्रमककी सहजकर्ता रुकैया खातुनले नगरपालिकाको कार्ययोजना र प्रस्ताव अनुसार गरिएको शिबिर प्रभावकारी रहेको बताउनु भयो ।

उहाँले शिबिरमा भेटिएको मोतिया बिन्दु र पाठेघरमा समस्या भएका महिलालाई थप उपचारकालागि रिफर समेत गरिएको बताउनु भयो । सो अवसरमा कार्यक्रमका निर्देशक प्रशान्त कार्कीले नगरबासीहरुको मागका आधारमा नगरपालिकाको सहयोगममा सो शिबिर राखिएको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu