Connect with us
Kapilvast Forest

नेपालमा ७३२ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा

२०७८, २४ असार बिहीबारमा प्रकाशित

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७३२ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५७१ कोरोना संक्रमितको आईसीयूमा र १६१ को भेन्टिलेटरमा गरी कुल ७३२ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ११२ जना आईसीयूमा र ४५ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ३ आईसीयूमा उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ३२८ जना आईसीयूमा र ९४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ६२ जना आईसीयूमा र ९ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४९ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, कर्णालीमा १३ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४ जना आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu