Connect with us
Kapilvast Forest

६ हजार फलफूलका विरुवा वितरण

२०७८, ३१ असार बिहीबारमा प्रकाशित

चन्द्रौटा-कपिलवस्तुको शिवराज साझेदारी बनले ६ हजार फलफूलका विरुवा वितरण गरेको छ । आर्थिक वर्ष ०७७।७८ को कार्यक्रम अन्तर्गत रु ४ लाखको लागतमा साझेदारी वन क्षेत्र भित्रको उपभोक्तालाई विभिन्न प्रजातिका फलफूलका विरुवाहरु वितरण गरिएको सहायक वन अधिकृत प्रेम संकर गुप्ताले बताउनुभयो ।

गृप्ताका अनुसार अमरपालि आँप १ हजार,दशहरी आँप २२ सय ,सुन कागति १ हजार,लिची १ हजार,अनार ४सय १० र कटहरका ४ सय १० विरुवाहरु वितरण गरिएको हो । सबै उपभोक्ताहरु घरघरमा विरुवा रोप्ने अभियान अन्तर्गत जुन सुकै विरुवा भएपनि घर वरपर तथा बगौचाहरु बनाउन रोप्न अभिप्रेरित गर्न निशुल्क विरुवा वितरण गरिएको साझेदारी बनका अध्यक्ष जगदम्वा चौधरीले बताउनुभयो ।

प्रत्येक वर्ष फलफूल तथा अन्य विरुवाहरु वितरण कार्य निरन्तर रहेकोले रुख संरक्षण तथा रोपणमा नागरिकहरुको आकर्षण बढने चौधरीले बताउनुभयो । अन्य प्रजातिका विरुवाहरु साझेदारीले नै उत्पादन गरेपनि फलफूका विरुवा भने रौतहट वाट ल्याइएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu