Connect with us
Kapilvast Forest

शिवराजको सेवासुविधा प्रभावकारी नभएको भन्दै स्थानीयले बुझाए ज्ञापन पत्र

२०७८, ४ श्रावण सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल,कपिलवस्तु-
कपिलवस्तुको बहादुरगन्जमा रहेको शिवराज अस्पतालको सेवा सुविधा प्रभावकारी नभएको भन्दै स्थानीयले ज्ञापन पत्र  बुझाएका छन । शिवराज अस्पताल सबैभन्दा पुरानो अस्पताल भएपनी सेवा सुविधा प्रभावकारी नभएको र चिकित्सकले लापरबाही गरेको भन्दै स्थानीय युवाहरूले ज्ञापन पत्र बुझाएका छन ।

कृष्णनगर नगरपालिका ९ बहादुरगंजमा रहेको शिवराज अस्पताल व्यावस्थित तथा उपचारमा नागरिकको पहुच पुर्याउनको लागि स्थानिय युवाहरूले अस्पताल विकास समितिका अध्यक्ष तथा कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहलाई ज्ञापन पत्र बुझाएका छन ।

स्थानीय युवाहरुले एक दर्जन माग सहित नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन । केही दिन पहिले शिवराज अस्पतालका चिकित्सकको कमजोरीले एक बालकको ज्यान गएपछि स्थानीय आक्रोशित भएका थिए ।

स्थानीय युवाहरूले अस्पतालमा दरबन्दी अनुसारकाे डाक्टर तथा स्वास्थ्यकर्मीकाे व्यवस्था हुनु पर्ने, शर्पडंस उपचारकाे लागि दक्ष जनशक्ति तथा औषधी, उपकरणकाे व्यवस्था हुनु पर्ने माग राखेका छन ।

स्थानीयले अस्पतालकाे इमर्जेन्सी वाडमा कैचि नभएकाे कारण एक वालककाे मृत्यु भएकाे  आरोप लगाउदै  आवश्यक उपकरणकाे तत्काल व्यवस्था गर्नु पर्ने माग सहित ज्ञापन पत्र बुझाएको स्थानीय पत्रकार मनिष गुप्ताले जानकारी दिनु भयो ।

अस्पताल भित्रका कार्मचारी समयमा तथा व्यवस्थित तरिकाले डिउटी गर्नु पर्ने, अस्पतालबाट निशुल्क औषाधी उपलब्ध गराउनु पर्ने, अस्पताल परिसर भित्र मादक पदार्थ, चुरोट, गुटखा निषेधित गर्नु पर्ने माग राखेका छन ।
अस्पतालकाे फर्मेशीमा प्रयाप्त मात्रमा औषाधीकाे व्यावस्था मिलाउनु पर्ने माग राखिएको स्थानीय युवा नवाब शाहले जानकारी दिनु भयो ।

ज्ञापन पत्र बुझ्दै नगरप्रमुख रजत प्रताप शाहले अस्पताल प्रती स्थानीयले देखाएको चासो प्रती धन्यवाद ब्यक्त गर्नु भयो । अस्पताल सुधारको लागि सबैले हातेमालो गर्नु पर्ने शाहले बताउनु भयो । स्थानीयले बुझाएको ज्ञापन पत्र अनुसार अस्पतालको सुधार हुने शाहले जानकारी दिनु भयो ।

अस्पताल व्यवस्थापनमा नगरप्रमुख रजत प्रताप शाहले अस्पतालमा दरबन्दी अनुसारको कर्मचारि व्यवस्थित गर्ने ,नेपाल सरकारले भने अनुसार ७१ प्रकारको औषाधी निशुल्क उपलब्ध गराउने, भएको कमि कमजोरी छिटै समाधान गर्ने लगायतका प्रतिबद्दता व्यक्त गर्नु भएको स्थानीय युवा सुनिल उपध्यायले जानकारी दिनु भयो ।

बहादुरगंजका बदरेआलम शाह, शुसिल गुप्ता, रवि उपाध्याय, मकबुल जिलानी लगायत युवाहरू ज्ञापन पत्र बुझाएका थिए। हेर्नुस ज्ञापन पत्र

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu