Connect with us
Kapilvast Forest

सन्दीपले ‘द हण्ड्रेड’को सुरुवाती चरण नखेल्ने सम्भाबना

२०७८, ५ श्रावण मंगलवारमा प्रकाशित

 

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ‘द हण्ड्रेड’को सुरुवाती चरणको खेल गुमाउन सक्ने भएका छन् । भिसाको कारणले उहाँ सुरुवाती चरणमा खेल्न नसक्ने स्थितिमा पुगेको बताइएको छ ।

सन्दीप ६० हजार पाउन्ड स्टर्लिङ लिएर द हण्ड्रेडमा ओभल इन्भिसिबलमा आबद्ध हुनुभएको छ । सन्दीपको एजेन्टलाई उद्धृत गर्दै इएसपीएनक्रिकइन्फोले दश दिने क्वारेन्टिनको सोमबार नऔं दिन बिताउनुभएको छ । तर तात्काल कामको अनुमति दिने टायर ५ भिसा उपलब्ध नहुँदा उहाँले मापदण्ड पुरा गर्दागर्दै द हण्ड्रेडमा सहभागी हुन नसक्ने बताइएको छ ।

यसअघि सन्दीप लामिछानेले इंग्ल्याण्डमा भाइटलिटि ब्लास्ट खेल्न सम्झौता गर्नुभएको थियो । तर भिषा आउन ढिलाइ भएपछि सन्दीपले भाइटलिटि ब्लास्ट गुमाउन पुग्नु भएको थियो ।

ओभल इन्भिसिबलले बुधबार राति म्यान्चेष्टर ओरिजिनलको सामना गर्दैछ । ओभलले तीन जना बिदेशी खेलाडीमध्ये हाल दुईजनालाई लिएर मात्रै खेल्ने सोचमा थियो । कलिन इन्ग्राम र सुनिल नारैन हाल लण्डनमै हुनुहुन्छ । र दुबैजना उपलब्ध हुनुहुन्छ ।

सन्दीपसँगै अन्ट टोलि थप खेलाडीहरुमा समेत यसप्रकारको समस्या देखिएको बताउनुहुँदै ओभलका कप्तान साम बिलिंग्सले उक्त समस्या समाधान हुने विश्वास ब्यक्त गर्नुभयो । तर भिसाको समस्या समाधान नभए सन्दीपको स्थानमा ओभलले तबरैज सम्सीलाई खेलाउने बताइएको छ । तबरैज अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयताको शीर्ष स्थानमा हुनुहुन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu