Connect with us
Kapilvast Forest

तेस्रो टि–ट्वान्टी खेलमा इंग्ल्याण्ड विजयी

२०७८, ६ श्रावण बुधबारमा प्रकाशित

एजेन्सी -पाकिस्तान विरुद्धको ट्वेन्टी ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ ।तेस्रो तथा अन्तिम खेलमा गएराति भ्रमणकारी टोली पाकिस्तानलाई ३ विकेटले हराउँदै इंग्ल्याण्डले श्रृंखला २–१ ले जितेको हो ।

म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । उसका लागि मोहोमद रिजवानले अविजित ७६ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका आदिल राशिदले ४ विकेट लिए । जवाफमा १ सय ५५ रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा ग¥यो । इंग्ल्याण्डको जितमा जेसन रोयको ६४ रन महत्वपूर्ण रह्यो ।

जितसँगै इंग्ल्याण्डले पाकिस्तान विरुद्धको एक दिवसिय तथा टि– ट्वेन्टी दुबै श्रृंखला जितेको छ । टि–ट्वेन्टी श्रृंखला २–१ ले जितेको इंग्ल्याण्डले एक दिवसिय श्रृंखला ३–० ले आफ्नो पक्षमा पारेको थियो ।नियमित टोलीलाई कोरोना संक्रमण भएपछि पुरै नयाँ टोली उतारेको इंग्ल्याण्डले पाकिस्तानलाई श्रृंखलाभर दबाबमा राख्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,