Connect with us
Kapilvast Forest

कपिलवस्तुमा पनि हर्षोल्लसका साथ मनाइयो बक्राईद

२०७८, ६ श्रावण बुधबारमा प्रकाशित

कपिलवस्तु -कोरोना भाईरसबाट मुक्ति तथा मुलुकमा राजनतिक स्थिरातको कामना गर्दै कपिलवस्तुमा ईस्लाम धर्मावलम्बीहरुले बक्राईद मनाएका छन । कोरोना कहर बिच मुलुकको स्थिरता, शान्ति अमनचयको कामना गर्दै ईस्लाम धर्मावलम्बीहरुले आफनो दोश्रो ठूलो चाड ईद उल अजाहा बक्राईद बुधवार जिल्लामा हर्षोल्लसका साथ मनाएका छन । घर घर तथा मस्जिदमा सिमिति ब्यत्तिहरुको सहभागीतामा बिशेष नवाज पढदै बक्राईद मनाएका हुन ।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ मस्जिद टोलका मुस्लिम अगुवा अब्दुल रउफले आफुहरुले कोरोना भाईरसबाट मुक्ति तथा मुलुकमा राजनतिक स्थिरातको कामना गर्दै बक्राईद मनाएको बताउनु भयो । ‘ कोरोना भाईरसबाट चाडै मुक्ति मिलोस राजनीतक स्थिरता कायम होस भन्ने अल्लाहसंग कामना गरेका छौ ’ उनले भने । कोरोना भाईरसका कारण घर घर तथा मदर्सा र करबलामा सिमित्त ब्यक्ति सहभागी भएर बिशेष नवाज पढेको उहाँले बताउनु भयो । अरबी क्यालेन्डर अनुसार हिजरी सम्बतको जिलहिज्जा महिनामा बक्राईद पर्ने गर्दछ ।

मस्लिमहरुको अधिक बसोबास रहेको यहाँका इदगाहा, करबला, मदरसाहरुमा विशेष नवाज पाठ गरि घर घरमा खसीको कुर्वानी (बली ) दिएर मनाएका हुन । मस्लिमहरुको सबैभन्दा ठुलो चाड मनाएको ७० दिन पछि बक्राईद आउने गर्छ ।सदरमुकाम कपिलवस्तु नगरपालिका– १ मस्जिद टोल स्थित ईदगाहा तथा छोटकी तौलिहवा, देवनगढीया, अभिराव, कृष्णनगर लगायत जिल्लाका बिभिन्न स्थानमा रहेका मस्जीदमा उनीहरुले बिहान सामुहिक नवान पढेका थिए ।

बक्राईदमा खसिहरुको कुर्वानी ( बली ) दिई आफन्त नातागोता तथा इष्टमित्र संग खुसी साटेर मनाइने गरिन्छ । बकराइदको तयारीका लागि मुस्लिम समुदायहरुले आफ्नो क्षमता अनुसारको खसी किनेर बलि दिने गरेका छन् । यो चाड उनीहरुले ३ दिन तीन दिन सम्म मनाउने गर्दछन् । आफना अनुयायी हतरत ईब्राहीम अलहीस सलामलाई अल्लहले सबै भन्दा प्रिय चिज कुर्वानी गर्न गरेको अल्लाहको आदेश अनुासार उनले आफनो छोरा ईस्माईल अलहीस सलामलाई कुर्वानी दिन खोजेका थिए ।

त्यसै बेला अल्लाहको अर्सिवादले छोराको ठाँउमा दुम्भ अर्थात भेडा जस्तो देखिने चौपाया कुर्वानीका लागि पठाएका थिए । यसैको स्मरणमा बक्राईद मनाईन्छ भने साउदी अरब स्थित हज अराफात भन्ने पर्वतमा गई हज यात्रीले कुर्वानी दिने चलन रही आउको मुस्लिम धर्म गुरु बताउछन् ।

साढे ५२ तोला चाँदी र साढे सात तोला सुन भएको मुस्लीमले अनिवार्य खसी वा राँगा कुबानी दिनु पर्ने प्रावधान छ । कुर्वानी दिइएको खसी मध्ये एक भाग गरीब गुरुवा,, एक भाग आफन्त र नातगोता तथा एक भाग कुर्वानी दिनेले राख्ने चलन छ । बक्राईद कै अवसरमा साउदी अरबमा स्थि मक्का मदिनामा हज जाने गर्दछन् । तर कोरोना कारण हज यात्रा रोकिएको छ । मुस्लिमको पाच स्तम्भ मध्ये हजलाई पनि एक मानिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu